२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संसदमा गृहमन्त्री श्रेष्ठले रवि लामिछानेको प्रशंसा

२०८०, १० असार आईतवार ०७:४०

असार १०, काठमाडौँ | गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीभित्रको सरुवा बढुवामा पूर्व गृहमन्त्री रवि लामिछानेले मापदण्ड बनाएर दवाव र चलखेललाई रोक्ने काम गरेको भन्दै प्रशंसा गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्त्री श्रेष्ठले आफूले आन्तरिक सुशासन पहिलो शर्त भएकोले सुरक्षा संगठनभित्र दवावको आधारमा पदोन्नती हुने, अवान्छित आर्थिक चलखेलका आधारमा पदोन्नती र सरुवाका कामहरु हुने भन्ने कुरालाई पूरै निषेध गर्ने गरी कदम चालेको बताए ।  उनले आफू भन्दा अगाडिका गृहमन्त्रीले पनि सो काम गरेकोमा धन्यवाद समेत दिए । 

मन्त्री श्रेष्ठले भने– ‘म भन्दा ठीक अगाडि गृहमन्त्रालयको कार्यभार सम्हाल्नुभएका माननीय सदस्यलाई पनि धन्यवाद दिन चाहन्छु । मैले बुझे अनुसार पदस्थापन र सरुवाजस्ता विषयहरुमा उहाँले पनि एउटा निश्चित मापदण्डका आधारमा काम अगाडि बढाउने दवाव र चलखेललाई भूमिका खेल्न नदिने स्थिति कायम गर्नुभएको थियो । सहिलाई सहि भन्नुपर्छ हामीले उहाँले त्यो संस्कृति देखाउनुभएको थियो । त्यसका निम्ति म उहाँलाई धन्यवाद दिन चाहन्छु ।’ मन्त्री श्रेष्ठले यसो भन्दा रवि लामिछाने र रास्वपाका सांसदहरुले समर्थनमा टेबल ठोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता