१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक संसद्बाट फिर्ता

१३ आश्विन २०७३, बिहीबार १०:२९

असोज १३, काठमाडौँ । मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रस्तावित मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिने निर्णय गरेको छ । सो विधेयक संसद्मा विचाराधीन थियो । 

त्यसैगरी बैठकले चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)को नाम परिवर्तन गरी मनमोहन स्मृति चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठान राख्ने निर्णयलाई स्वीकृति दिएको छ । बैठकले संसद्मा विचाराधीन चिकित्सा शिक्षा ऐन पारित नभएसम्म नयाँ सम्बन्धन नदिने निर्णय गरेको छ भने न्याम्सको ऐन संशोधनका लागि संसद्मा पठाउने निर्णयसमेत गरेको स्वास्थ्य मन्त्री गगनकुमार थापाले जानकारी दिनुभयो । 

न्याम्सको नाम परिवर्तनका लागि प्रस्ताव स्वास्थ्यमन्त्री थापाले राख्नुभएको थियो । मन्त्री थापाले बोलाएको न्याम्सको सिनेटको आकस्मिक बैठकले नाम परिवर्तन गर्ने निर्णय गरी स्कीकृतिका लागि पठाएको थियो । 

लामो समयदेखि डा गोविन्द केसीले उठाएका चार मागमध्येको एउटा माग सरकारले पूरा गरेको छ । चिकित्सा शिक्षा र चिकित्सा क्षेत्रको सुधारको चार बुँदे माग राख्दै डा केसी यही असोज १० गतेदेखि नवौँ आमरण अनशनमा हुनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का