असोज १३, काठमाडौं । गैरआवसीय नेपाली संघ क्यानडाका रिजनल अफिसर मित्र काफ्लेले नेपालमा लागनीको वातारण र लगानी सुरक्षाको प्रत्याभुति भए क्यानडाबाट एक खर्बको लगानी नेप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १३, काठमाडौं । गैरआवसीय नेपाली संघ क्यानडाका रिजनल अफिसर मित्र काफ्लेले नेपालमा लागनीको वातारण र लगानी सुरक्षाको प्रत्याभुति भए क्यानडाबाट एक खर्बको लगानी नेप"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजनीतिक स्थायित्व भए क्यानडाबाट १ खर्ब लगानी भित्र्याउन सकिन्छ

१३ आश्विन २०७३, बिहीबार १२:३८

असोज १३, काठमाडौं । गैरआवसीय नेपाली संघ क्यानडाका रिजनल अफिसर मित्र काफ्लेले नेपालमा लागनीको वातारण र लगानी सुरक्षाको प्रत्याभुति भए क्यानडाबाट एक खर्बको लगानी नेपाल ल्याउन सकिने विश्वास व्यक्त गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको अन्र्तरक्रियात्मक कार्यक्रममा बोल्दै काफ्लेले नेपालमा हाईड्रोपावर विकासको अत्यन्तै प्रचुर संभावना रहेकोले त्यसमा लगानी भित्र्याउन सकिने सम्भाव्यता औंल्याए ।

ब्राम्पटन माउण्ट एभरेष्ट लायन्स क्लबका अध्यक्ष समेत रहेका काफ्लेले नेपाल विकासको लागि प्रचुर संभावनाहरु धेरै रहेकोले सोही बमोजिम लगानीको प्रत्याभुति गराउन सरकारले पहल गर्ने हो भने क्यानडाबाट समेत लगानी आउने विश्वास व्यक्त गरेका छन् । 

उनले अघि थपे,‘अहिले बैंकमा पैसा राखेर बसेका छन्, व्याज घटिरहेको छ ।’ नेपालमा राजनीतिक स्थायित्व भए क्यानडाबाट लगानी अत्यधिक मात्रामा भित्रिनेमा आफू पूर्ण विश्वस्त रहेको काफ्लेको भनाई थियो ।

एनएका उपाध्यक्ष समेत रहेका काफ्लेले नेपालमा बलियो कानुनहरुको अभावका कारण मनलाग्दी भएको टिप्पणी गरे । उनले देशको विकास गर्न त्यति गार्हो नभएको समेत दाबी गरे । काफ्लेले थपे,‘हामी रमाईलो गर्नुपर्यो भने सबै दलका नेताहरु एक ठाउँमा बस्छौं अनि रमाईलो गर्छौ, तर जब देश विकास गर्ने कुरा आउँछ अनि हामी विभाजित बन्छौं ।’ देशको विकासको लागि नेता तथा यहाँका राजनीतिक दलहरुले आफ्नो स्वार्थलाईमात्रै हेर्नुहुँदैन, उनले थपे ।

नेपालको विकासको लागि क्यानडामा छरिएर रहेका नेपालीहरुको सिप, अनुभव र क्षमतालाई पनि उपयोग गर्न सकिने उनको भनाई थियो । उनले भने,‘नेपाल र नेपालीहरुको विकासको लागि क्यानडा राम्रो गन्तव्य हो ।’

गत वर्षको बैशाखमा आएको महाभुम्पका बेला क्यानडा सरकारले भुकम्पपीडित १० हजारलाई रोजगारी दिने प्रतिबद्धता गरेपनि अहिलेसम्म त्यो कार्यान्वयन हुन नसक्नुमा नेपालको नै कमजोरी रहेको काफ्लेको गुनासो थियो । 

उनले भने,‘कूटनितिज्ञहरुले राम्रोसँग एप्रोच गर्नुपर्यो नि ।’ उनले आफूहरुलाई त्यसबारेमा जिम्मेवारी र दायित्व दिने हो भने क्यानडा सरकारलाई दबाब दिन सकिने उनले प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का