Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कांग्रेस जिल्ला सभापतिहरुको बैठक १४ बुँदे प्रतिबद्धतासहित सम्पन्‍न

२०८०, २२ असार शुक्रबार १२:३८

असार २२, काठमाडौं | नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको बैठक १४ बुँदे प्रतिबद्धतासहित सम्पन्‍न भएको छ। कांग्रेसको केन्द्रीय कार्यालयको सानेपमा असार २१ देखि सुरु भएको जिल्ला सभापतिहरुको २ दिने बैठक १४ बुँदे आन्तरिक प्रतिबद्धता पारित गर्दै सम्पन्‍न भएको हो। 

आजको बैठकमा जिल्ला सभापतिहरु- योगेन्द्र पञ्जियार (धनुषा), रुपनारायण जवेगु (पाँचथर), दिनेश राई (धनकुटा), विष्णुकुमार राई (खोटाङ), किशोरदत्त बराल (कास्की), केदार भण्डारी (सुनसरी), राजेश्वर खनाल (चितवन), केशबहादुर विष्ट (सल्यान), नागेश्वर यादव (महोत्तरी), अरुणप्रकाश सिंह राठौर (वर्दिया) र रमेशकुमार महत (नुवाकोट), जिल्ला सभापति कारणवस अनुपस्थित रहेका जिल्लाका हकमा कार्यवाहक सभापति झपेन्द्र गैरे (पाल्पा), उपसभापति बीरबहादुर विष्ट (बैतडी), जिल्ला सचिवहरु— बालदीप कँडेल (सुर्खेत), अजय लुइटेल (ओखलढुंगा), केशवराज मिश्र (कैलाली), गुप्तनिधि शर्मा (पर्वत), माधवप्रसाद ढकाल (काभ्रे), प्रतिनिधिहरु— मुकेश सिंह (बारा) र निर्मला खड्का (भोजपुर) ले आ–आफ्नो धारणा राखेका थिए। 

त्यस्तै बिहीबारको बैठकमा जिल्ला सभापतिहरु- डिगबहादुर लिम्बू (मोरङ), नारायणप्रसाद गौडेल (बाँके), दिपक खड्का (संखुवासभा), पूर्णबहादुर तामाङ (कान्छाराम) (रामेछाप), रामनाथ अधिकारी (धादिङ), बर्मा लामा (दोलखा), राजु थापा (स्याङ्जा), केशव श्रेष्ठ (अर्घाखाँची), रामकृष्ण खाँण (रुपन्देही), खिलध्वज पन्थी (गुल्मी), केशरमान रोका (रुकुम पूर्व), का.वा. सभापति चन्द्रबहादुर राना (नवलपरासी पूर्व), जीतेन्द्रकुमार श्रेष्ठ (ललितपुर), वुद्ध लामा (मकवानपुर), ऐनबहादुर शाही (मुगु), पुष्पबहादुर शाह (अछाम), मणिराम रेग्मी (दैलेख), रामसिंह रावल (बाजुरा), शंकरप्रसाद डाँगी (दाङ), नरेन्द्रबहादुर सिंह (डोटी), सुरेन्द्रप्रसाद सिंह (सर्लाही), पेम्बाछिरिङ तामाङ (रसुवा), रामदेव साह (सप्तरी), का.वा. सभापति खड्ग बी.सी. (जाजरकोट), सबुज बानियाँ (काठमाडौं), रामचन्द्र यादव (सिरहा) र जीत शेरचन (बाग्लुङ) ले आ–आफ्नो धारणा राखेका थिए। 

बैठकको अन्त्यमा, पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले बैठकबाट आएका सुझावहरुलाई पार्टी तहमा छलफल गरी आवश्यकता अनुसार आगामी केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गर्ने प्रतिवद्धता व्यक्त गरेका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले जानकारी गराएका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ