१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

लम्पी स्किन रोग रोक्न पैसा नभए संसद् विकास कोषको पैसा खर्च गर्नुस्: पदम गिरी

२९ असार २०८०, शुक्रबार १०:०१

असार २९, काठमाडौँ | नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले पशुमा लाग्ने लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारसँग पैसा नभए निर्वाचन पूर्वाधार विकास कार्यक्रमको पैसा खर्च गर्न आग्रह गरेका छन् ।  

गत फागुनकोदेखि सुरु भएको लम्पी स्किन संक्रमणबाट ८ लाख पशुचौपाया संक्रमित भएको र २७ हजार पशुचौपाया मरेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै उनले सो कुरा बताएका हुन । 

शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै गिरीले विपन्न किसानहरुमा यो प्रकोपबाट ३७ अर्ब हाराहारीको क्षति हुँदापनि त्यसलाई सरकारले गम्भीरताका साथ नलिएको बताए । 

उनले भने, ‘उनले भने, ‘लम्पी स्किनले ४ महिनाको अवधिमा ८ लाखभन्दा बढी पशु चौपायाहरु संक्रमित भएका छन् । सरकारले यसलाई जसरी गम्भीरताको साथ लिनुपर्ने हो, तदारुकता देखाउनुपथ्र्यो, खोपहरु जसरी प्रभावकारी ढंगबाट दिनुपथ्र्याे । सरकारले यसमा उदासिनता देखाएको कारणले ३७ अरव भन्दा बढीको क्षति व्यहोर्नुपर्ने अवस्था आएको छ, सरकारले समयमा सजकता देखाएको भए यति ठूलो क्षति व्यहोर्नुपर्ने थिएन । विज्ञहरुले भनिरहेका छन् यहि अवस्था रहने हो भने २५ लाख पशु चौपाया संक्रमित हुनेछन् । १ लाखभन्दा बढी पशु चौपाया मर्ने अवस्था आउने छ। सरकारले गाउँमा जुन प्रकारले प्राविधिक पठाउनुपथ्र्यो पठाएको छैन ।’  किसान पीडाको आहालमा रहेको बताउँदै उनले सरकारसँग पैसा नभएको हो भने निर्वाचन पूर्वाधार विकास कार्यक्रम मार्फतको रकम खर्च गरेर भएपनि लम्पी प्रकोपविरुद्ध कदम चाल्न आग्रह गरे |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड