१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान कार्यान्वयनको विकल्प छैनः मन्त्री भण्डारी

१४ आश्विन २०७३, शुक्रबार ०९:३५

असोज १४, पोखरा । वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले संविधान कार्यान्वयनमा सत्तापक्ष र प्रतिपक्ष एक हुनुको विकल्प नभएको बताएका छन् ।

वन विज्ञान अध्ययन संस्थान पोखराद्वारा आयोजित “समृद्धि र उच्च शिक्षाका लागि वन” विषयक कार्यशाला गोष्ठिको यहाँ आज उद्घाटन गर्दै उनले संविधान कार्यान्वयनका लागि मधेसवादी राजनीतिक दलको मागलाई सम्बोधन गर्ने गरी संविधान संशोधन प्रक्रिया अघि बढेको र त्यसमा प्रतिपक्षको सहयोग हुने विश्वास व्यक्त गरे ।

मन्त्री भण्डारीले राजनीतिक परिवर्तन धेरै भए तर त्यसको सबल व्यवस्थापन हुन नसक्दा मुलुकको स्थिति अहिले पनि जटिल नै रहेको चर्चा गर्दै सङ्क्रमणकालको अन्त्य नहुँदासम्म सहमति, सहकार्य र एकताको खाँचो औंल्याए ।

अबको ६ महिनाभित्र जङ्गलभित्र रहेका गोलिया काठको टुङ्गो लगाउन आफूले निर्देशन दिइसकेको जानकारी दिँदै उनले राम्रा काठ प्रयोगमा ल्याउने, नराम्रालाई दाउरामा र कामै नलाग्नेलाई जलाएर खरानी बनाउनुपर्नेमा जोड दिए ।

मन्त्री भण्डारीले वन जङ्गलमा अतिक्रमण, चोरी निकासी र अनियमिता हुने गरेकोमा चिन्ता व्यक्त गर्दै उनले वन क्षेत्रमा कार्यरत जनशक्तिले यसको नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा राखे ।

राष्ट्रिय योजना आयोगका सदस्य डा प्रभु बूढाथोकीले वन व्यवस्थापनले देशको गरिबी र भोकमरीको अन्त्य गरी देशलाई समृद्धशाली बनाउन सकिने बताए ।

वन तथा भू–संरक्षण मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेलले वन क्षेत्रको विकासमा धेरै नै चुनौती छन् तर यसवाट राज्य भाग्ने होइन, सामना गरेर अघि बढ्ने बताए ।

कार्यक्रममा वन विज्ञान अध्ययन संस्थानका डीन कृष्णराज तिवारी, क्याम्पस प्रमुख डा वीरबहादुर खनाल क्षेत्री, त्रिभुवन विश्वविद्यालय योजना शाखाका प्रमुख डा रिदिसकुमार पोखरेल र प्रा विनोह ह्यजुगायतले मुलुकको समृद्धिका लागि वनको दिगो व्यवस्थापन हुनुपर्नेमा जोड दिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का