१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बजेट सम्बन्धी तीन विधेयक बहुमतले पारित

१४ आश्विन २०७३, शुक्रबार ०९:३६

असोज १४, काठमाडौँ । व्यवस्थापिका-संसद्को बैठकले बजेटसम्बन्धी तीन विधेयकलाई बहुमतले पारित गरेको छ । 

ती विधेयकमा आर्थिक विधेयक २०७३, राष्ट्र ऋण उठाउने विधेयक २०७३ र ऋण तथा जमानत (एक्काइसौँ संशोधन) विधेयक २०७३ रहेका छन् । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले सदनको आजको बैठकमा ती विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदन समक्ष प्रस्तुत गरेका थिए । 

ती विधेयकलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले समेत सदन समक्ष प्रस्तुत गरेको थियो । तर तत्कालीन सत्ता साझेदार प्रमुख दल नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएका कारण ती विधेयक पारित हुन सकेका थिएन ।

ती विधेयकका सैद्धान्तिक पक्षमाथिको छलफलमा नेपाली कांग्रेसका भरतकुमार साह र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले भाग लिएका थिए ।

अर्थमन्त्री महराले आर्थिक समृद्धिमा सरकारले जोड दिएको, विलासीमा उपकरणमा उच्च कर लगाइएको, करका दरलाई समयसापेक्ष रुपमा परिमार्जन गरिएको बताए । उनले कर चुहावट नियन्त्रणमा सरकारले उच्च प्राथमिकता दिएको, कर प्रणालीमा सुधार भइराखेको पनि जानकारी दिए । 

प्रतिपक्षी दल नेकपा एमालेले र केही साना दलले भने भने बजेट अार्थिक विधेयको विपक्षमा मतदान गरेका थिए । व्यवस्थापिका–संसद्को अर्काे बैठक २०७३ असोज १६ गते आइतबार दिनको १ बजे बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का