रास्वपा उपसभापति डिपी अर्याललाई धम्की दिने एक युवक पक्राउ

Posted on: 17 Jul, 2023

साउन १, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई धम्की दिएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

असार २९ गते राति १:२६ मिनेट मेसेजमार्फत धम्की दिएको भन्ने बेहोराको उजुरी प्राप्त भएपछि त्यसको भोलिपल्ट असार २० एक व्यक्ति पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन्।

पक्राउ पर्नेमा खोटाङको मझुवागढी रूपाकोट नगरपालिका-९ घर भई काठमाडौंको बुढानीलकण्ठ बस्दै आएका ३८ वर्षीय विजय कालिकोटे रहेका छन्। थप अनुसन्धान भइरहेको एसएसपी कार्कीले बताएका छन् ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा एसएसपी कार्कीले कालीकोटेलाई काठमाडौंको कपनबाट पक्राउ गरिएको जानकारी दिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!