काठमाडौं महानगरले शिक्षकलाई मासिक रुपमा तलब दिने

Posted on: 18 Jul, 2023

साउन २, काठमाडौं | काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूलाई मासिक रुपमा तलब उपलब्ध गराउने व्यवस्था गरेको छ ।

महानगरकी उपमेयर सुनिता डंगोलका अनुसार स्रोत भर्ना कोषमार्फत सामुदायिक विद्यालयका शिक्षकहरूलाई मासिकरूपमा नै तलब दिने व्यवस्था गरेको हो ।

सङ्घीय सरकारले सामुदायिक विद्यालयका शिक्षकहरूलाई त्रैमासिकरूपमा तलब उपलब्ध गराउँदै आएको छ । तर महानगरले भने स्रोत भर्ना कोषमार्फत शिक्षकहरूलाई मासिकरूपमै तलब दिने व्यवस्था गरेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!