यस्तो छ गगन थापाले राखेको प्रस्तावित २२ विभाग (सूचिसहित)

Posted on: 18 Jul, 2023

साउन २, काठमाडौँ | नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको छ । 

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आरम्भ भएको उक्त बैठकमा महामन्त्री गगनकुमार थापाले सांगठनिकसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।

महामन्त्री थापाले विधान कार्यान्वयन र संस्थागत सुदृढीकरणका लागि सांगठनिक कार्यतालिका प्रस्तुत गरेका छन्। जसमा उनले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक, केन्द्रीय विभागको नेतृत्व, नयाँ सदस्यतालगायतका प्रस्ताव गरेका छन्।

प्रस्तावित थप विभागहरूमा न्याय तथा मानवअधिकार विभाग, नवीनतम प्रविधि र नवप्रवर्तन समन्वय विभाग, सामाजिक–सांस्कृतिक अभियान विभाग, विकास तथा पूर्वाधार विभाग, सुशासन विभाग, सहकारी विभाग, उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभाग विकास विभाग रहेका छन् ।

यस्तै, विपद् व्यवस्थापन विभाग, ऊर्जा तथा जलस्रोत विभाग, युवा तथा किशोर–किशोरी विभाग, भूपू प्रहरी विभाग, ज्येष्ठ नागरिक समन्वय विभाग, जलवायु परिवर्तन र वातावरणीय सन्तुलन सरोकार विभाग र पूर्वआप्रवासी समन्वय विभाग थप गर्न लागिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!