कांग्रेस बैठकमा शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन माग

Posted on: 20 Jul, 2023

साउन ४, काठमाडौँ | नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेता शेखर कोइरालालाई वरिष्ठ नेताको पदमा राख्न माग भएको छ । जारी केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्य डा.मोहनचन्द्र यादवले कोइरालालाई वरिष्ठ नेता बनाउनुपर्ने प्रस्ताव गरेका हुन् ।

पार्टीको रिक्त रहेको वरिष्ठ नेतामा डा. शेखर कोइरालालाई बनाउनुपर्नेमा उनको जोड छ । 

उनले भने ‘पार्टीमा वरिष्ठ नेताको पद राखिएको छ । हाम्रा श्रदेय नेता रामचन्द्र पौडेल राष्ट्रपति भएपछि त्यो केही दिनदेखि रिक्त छ,’ ।

कांग्रेसको परम्परा अनुसार नेतृत्वको मुख्य प्रतिस्पर्धीलाई वरिष्ठ नेताको पद दिने गरिएको उनले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!