सुन प्रकरणमा अनुसन्धानका लागि आवश्यक परेमा सिआइबी खटाउँछौँ: गृहमन्त्री श्रेष्ठ

Posted on: 21 Jul, 2023

साउन ५, काठमाडौं | गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएको एक क्विन्टल सुनको अनुसन्धानलाई आवश्यक परेमा सिआइबी खटाउने बताएका छन्।

गत बुधबार करिब एक क्विन्टल सुन बरामद भएपछि शुक्रबार विमानस्थल निरीक्षणमा पुगेका श्रेष्ठले सञ्चारकर्मीसँग बोल्दै उक्त सुन राजस्व अनुसन्धानले छानविन गरिरहेको र आवश्यकता हेरेर नेपाल प्रहरीलाई परिचालन गरिने बताए। आफूले अनुसन्धान कर्मचारीलाई प्रहरीको आवश्यकता परे प्रहरी परिचालन गर्न सकिने बताइसकेको बताए।

भ्रष्टाचार र अपराधका कुरा अनुसन्धानमा  कुनै कोट, टार र पार्टी मतलब नरहेको भन्दै उनले सुन आयात घटनाको जरैसम्म पुगेर दोषीलाई कारबाही गरिने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!