सुन तस्करीमा संलग्न गृहमन्त्री श्रेष्ठको राजीनामा माग्नु पर्दैन: नेता बस्नेत

Posted on: 21 Jul, 2023

साउन ५, काठमाडौँ | नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले सुन तस्करीमा नाम जोडिएकाले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्नुपर्ने बताएका छन् ।

जारी कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा उनले सुन तस्करीमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम आएको भन्दै अब गृहमन्त्रीको राजीनामा माग्न जान पार्टीका नेतालाई चुनौती दिएका छन् । बालकृष्ण खाणलाई पक्राउ गरेकोमा गृहमन्त्रीलाई धन्यवाद दिन जाने कांग्रेस केन्द्रीय सदस्यहरूलाई सुन तस्करीमा नाम मुछिएका गृहमन्त्रीको राजीनामा माग्न जान उनले चुनौती दिएका हुन् ।

उनले भने, ‘साथीहरु गृहमन्त्रीकोमा जानु भएको थियो । आज म पनि जान्छु । जाउँन त, नारायणकाजीको नाम आइसकेको छ । उहाँको विषयमा राजीनामा माग्न जाउँ । को को मान्छे हो सुन तस्करीमा परेका छन्, छानबिन हुनुपर्‍यो । तीन महिनाभित्र २९ पटक सुन आएको छ नेपालमा, सय सय केजीको दरले । अब उहाँको राजीनामा माग्न जाने कि नजाने ? आफ्नो पार्टीको नेताको नाम आउँदा जाने, अनि अहिले नजाने ? 

यस बिषयमा तपाइको प्रतिक्रिया...!