बिना सेटिङ, मिलेमतो नभई सुन तस्करी सम्भव नै छैन: रवि लामिछाने

Posted on: 22 Jul, 2023

साउन ६, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बिना सेटिङ त्रिभुवन विमानस्थलबाट सुन तस्करी हुनै नसक्ने बताएका छन्। सेटिङ नभई यति ठूलो परिमाणको सुन तस्करी हुन सम्भव नरहेको उनको भनाइ छ।

विराटनगरमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै रास्वपा सभापति लामिछानेले भने, ‘बिना सेटिङ, मिलेमतो नभई सुन तस्करी सम्भव नै छैन।’ तर उनले कुन लेबलको, कुन ढंगको तस्करी हो भन्ने विषयमा भने अनुसन्धान गर्नुपर्ने बताए।

सुन बरामद प्रकरणमा अनुसन्धान भइरहेकाले यस विषयमा थप टिप्पणी गर्न जरुरी नरहेको उनको भनाइ छ।  लामिछानेले भने ‘तस्करीका विषयमा अनुसन्धान जारी छ। एमालेले गृहमन्त्रीको राजीनामा माग्यो भन्दैमा हामीले पनि त्यसै गर्नुपर्छ भन्ने छैन। अनुसन्धान नहुँदै राजीनामा माग्नु उचित होइन्,’।

अनुसन्धान नसकिँदासम्म रास्वपाले धैर्य गर्ने र वास्तविकता थाहा पाएपछि मात्र आवाज उठाउने उनले बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!