१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बीपीको साहित्यलाई गाउँ-गाउँसम्म पुर्‍याउनुपर्छ : अर्थमन्त्री

६ श्रावण २०८०, शनिबार ०९:३२

साउन ६, काठमाडौँ | नेपाली कांग्रेसका नेता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले जननायक विश्वेश्वरप्रसाद कोइरालाको साहित्यलाई गाउँगाउँसम्म पुर्‍याउनुपर्ने बताएका छन् । बीपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस क्षेत्र नं ५ ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले पार्टीले बीपी कोइरालाको साहित्य क्षेत्रलाई छपाएर गाउँगाउँसम्म पुर्‍याउनुपर्ने उल्लेख गरे । 

उनले भने ‘थोरै साक्षरतादर भएको समयमा बीपी कोइरालाले साहित्य सिर्जना गर्नुभएको थियो, त्यसलाई छपाएर गाउँगाउँमा लैजान सके युवा पुस्ताले बिपीको साहित्यबाट  प्रेरणा लिन सक्थे’,। अर्थमन्त्री डा महतले पार्टीभित्र एक अर्काप्रति गालीगलौजको संस्कार विकसित भएको उल्लेख गर्दै उक्त संस्कारले पार्टी अगाडि बढ्न नसक्ने धारणा राखे ।

पार्टीका प्रवक्ता डा महतले कांग्रेसले गरेका राम्रा कामलाई आमजनतासम्म पुर्‍याउन नसकेको बताए । ‘प्रजातान्त्रिक समाजवादको लक्ष्य लिएर अगाडि बढेका बीपी लोकतान्त्रिक मूल्यमान्यताका आधारमा समतामूलक समाज निर्माण हुने कल्पनाका साथ अगाडि बढ्नुभएको थियो’, उनले भने ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले बीपी कोइराला प्रधानमन्त्री भएर १७ महिनामा गरेका काम आजसम्म कुनै पनि सरकारले गर्न नसकेको बताए। ‘आर्थिक दृष्टिकोणविना राजनीति अगाडि बढ्न सक्दैन भन्ने बिपीको विचार थियो, बीपी कोइरालाको सरकारलाई अपदस्थ नगरेको भए नेपालको धेरै आर्थिक उन्नति गथ्र्यो’, उनले भने ।

बीपी प्रधानमन्त्री भएका बेलामा छ हजार विद्यालय र विश्वविद्यालय स्थापना गर्ने लक्ष्य लिएको नेता पौडेलको भनाइ थियो । कांग्रेसले बनाउने नीति, योजना र कार्यक्रमलाई बीपी कोइरालासँग जोड्न सके मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली उनले बताए। बीपी आफ्नो लक्ष्यमा प्रष्ट भएको उनको भनाइ थियो । अठतीस  राजद्रोहको मुद्दा हुँदाहुँदै नेपाल फर्किएका बीपी कोइराला देशको सच्चा नेता भएको नेता पौडेलले बताए।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ५ का क्षेत्रीय सभापति श्याम खड्का र टोखा नगरपालिका वडा नं ६ की अध्यक्ष शान्ता खनाल पौडेलले राष्ट्रियता, प्रजातन्त्र र समाजवादका प्रवर्द्धक बीपी राष्ट्रवादी राजनेता भएको बताए । बीपी कोइरालाको ४१ औँ स्मृति दिवसका अवसर पारेर आजै वृक्षरोपणसमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए