एमाले अध्यक्ष ओली र कम्बोडियाका प्रधानमन्त्री सेनबीच भेटवार्ता

Posted on: 22 Jul, 2023

साउन ६, काठमाडौँ | नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाका प्रधानमन्त्री हुने सेनसँग भेटवार्ता गरेका छन्।

कम्बोडिया सरकारको निमन्त्रणमा निर्वाचन पर्यवेक्षणका लागि कम्बोडिया पुगेका ओलीले शनिबार बिहान राजधानी नोम्पेनमा प्रधानमन्त्री  सेनसँग भेट गरेको निजी सचिवालयले जनाएको छ । ओलीलाई विमानस्थलमा कम्बोडियाका परराष्ट्र मन्त्रालयका राज्यमन्त्रीस्तरीय अधिकारीबाट स्वागत गरिएको थियो ।

ओलीसँगै विभिन्न देशका २२ जना वरिष्ठ राजनीतिज्ञहरू अहिले निर्वाचन पर्यवेक्षणका लागि कम्बोडियामा छन् । ओली गत असार २ गते राति त्यसतर्फ प्रस्थान गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!