असोज १५, काठमाडौँ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को स्थगित १९औँ शिखर सम्मेलन आयोजना गराउन नेपालले सदस्य राष्ट्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १५, काठमाडौँ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को स्थगित १९औँ शिखर सम्मेलन आयोजना गराउन नेपालले सदस्य राष्ट्र"/>
२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उन्नाइसौँ सार्क सम्मेलनका लागि नेपालले पहल गर्ने छ: परराष्ट्रमन्त्री

२०७३, १५ आश्विन शनिबार ०६:२७

असोज १५, काठमाडौँ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को स्थगित १९औँ शिखर सम्मेलन आयोजना गराउन नेपालले सदस्य राष्ट्रसँग छलफल गरी आवश्यक पहल गर्ने  बताएका छन् । 

संयुक्त राष्ट्र सङ्घको ७१औँ महासभामा भाग लिएर स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उउनले भने– सबै सहभागी हुने सुनिश्चित गरेर शिखर सम्मेलन गर्नुपर्छ, त्यसका लागि सबै सदस्य राष्ट्र संवेदनशील हुन आवश्यक छ । 

क्षेत्रीय सहयोग र विकासलाई अघि बढाउन सार्क महत्वपूर्ण मञ्चका रुपमा रहेको हुँदा सदस्य राष्ट्रबीचको सुमधुर सम्बन्धले यस क्षेत्रको विकास र मञ्चको उपयोगिता बढ्ने बताउँदै परराष्ट्रमन्त्री डा महतले भने–“सदस्य राष्ट्रसँगको छलफलबाट उपयुक्त वातावरणको सुनिश्चितता गर्दै शिखर सम्मेलनको टुङ्गो लगाइने छ ।” 

भारत–पाकिस्तानबीच सम्बन्धमा देखिएको पछिल्लो तिक्ततासँगै आगामी कात्तिकमा हुने कार्यसूची रहेको सार्क शिखर सम्मेलन स्थगन भएको हो । हाल नेपाल अध्यक्ष रहेको सार्कको आगामी शिखर सम्मेलन पाकिस्तानको इस्लामाबादमा आगामी कात्तिक २४–२५ गते हुने तय भएको थियो । सार्कको बडापत्रमा कारणवश एउटा सदस्य राष्ट्र पनि सहभागी हुन नसक्ने परिस्थिति भएका खण्डमा शिखर सम्मेलन हुन नसक्ने प्रावधान छ । 

भारत–पाकिस्तानबीच उत्पन्न तनावसँगै सार्कका सदस्य राष्ट्र बङ्गलादेश, अफगानिस्तान र श्रीलङ्का लगायतले शिखर सम्मेलनका लागि क्षेत्रीय वातावरण उपयुक्त हुनुपर्ने भनाइ सार्वजनिक गरिसकेका छन् । 

राष्ट्र सङ्घको महासभाका अवसरमा सहभागी सबै खाले मञ्चमा नेपालका तर्फबाट राष्ट्रिय आवश्यकता र राष्ट्रिय हितका ठोस ढङ्गबाट भनाइ प्रस्तुत गरिएको परराष्ट्रमन्त्री डा महतले जानकारी दिए । 

उनले भने–“महासभामा संयुक्त राष्ट्र सङ्घमार्फत विश्वशान्ति स्थापनार्थ गरेको योगदान, भूपरिवेष्ठित मुलुकले भोग्दै आएका समस्या र पाउनुपर्ने सुविधा, जलवायु परिवर्तन, आप्रवासीको सुरक्षा र रोजगारीका विषयमा नेपालका तर्फबाट ठोस ढङ्गले कुरा राखिएको छ ।” 

नेपाली सेनाले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदान अनुरुपको जिम्मेवारी दिइनुपर्ने विषयमा पनि उहाँले महासभामा अरु भेटघाटमा कुरा राखेका थिए । 

उनले नेपालीले संविधानसभाबाट बनाएको संविधान धेरै समावेशी भएको तथा संविधानमा मानवाधिकार र महिला अधिकार लगायत अरु अन्तर्राष्ट्रिय मूल्यमान्यतालाई व्यापक रुपमा समेटिएको हुँदा कार्यान्वयनको चरणतर्फ रहेका बारे त्यहाँ विभिन्न मञ्चलाई जानकारी गराएका थिए । अमेरिका लगायत मुलुकले नेपालको संविधानको स्वागत गर्दै सहयोग र समर्थन रहेको बताएको मन्त्री डा महतले जानकारी दिए । 

महासभामा भाग लिने क्रममा अमेरिकामा रहँदा परराष्ट्रमन्त्री डा महतले राष्ट्र सङ्घका महासचिव बान की–मुन, अमेरिकाका राष्ट्रपति बाराक ओबामा, विदेशमन्त्री जोन केरीका अतिरिक्त पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ, कोलम्बियाका विदेशमन्त्री लगायतसँग द्विपक्षीय भेटवार्ता  गरेका थिए । 

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सकेपछि परराष्ट्रमन्त्री डा महत नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा भाग लिन गएका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध