प्रधानमन्त्री प्रचण्डले इटाली भ्रमणमा के–के गरे ? (पूर्णपाठ)

Posted on: 28 Jul, 2023

साउन १२, काठमाडौँ |  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटाली भ्रमण सफल रहेको बताएका छन् । इटाली भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले ‘युनाइटेड नेसन्स फुड सिस्टम समिट’मा नेपालको सक्रिय सहभागिता र त्यसक्रममा भएका महत्त्वपूर्ण भेटघाटले पनि भ्रमण सफल भएको जिकिर गरे ।


“यसरी सम्मेलनमा देखिएको नेपालको सक्रिय सहभागिता र सम्मेलनको दौरानमा भएका महत्त्वपूर्ण भेटघाटहरूबाट यो भ्रमणलाई मैले एउटा सफल भ्रमणको रूपमा लिएको छु,” उनले भने, “समग्रमा यो भ्रमणबाट अन्तर्राष्ट्रिय मञचमा, अझ विशेषगरी संयुक्त राष्ट्रसंघीय मञ्चहरूमा नेपालको छवि एक स्वतन्त्र, सार्वभौम, संयुक्त राष्ट्रसंघ र समग्र प्रतिबद्ध मुलुकको रूपमा अझ बढी मुखरित हुन पुगेको मैले विश्वास लिएको छु ।”

उनले भ्रमणका क्रममा गरेको कामको ‘ब्रिफिङ’ पनि गरे ।

इटाली भ्रमणबारे यस्तो छ प्रधानमन्त्रीको भनाइ–

पत्रकार साथीहरु, अभिवादन l

  • संयुक्त राष्ट्रसंघ, इटाली सरकार र रोमस्थित खाध्य तथा कृषि संगठन (FAO), विश्व खाध्य कार्यक्रम (WFP) र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (IFAD) द्वारा यही २०२३ जुलाई २४ देखि २६ सम्म ईटालीको रोममा आयोजित The United Nations Food Systems Summit +2 Stocktaking Moment मा नेपालको प्रतिनिधित्व गरी भर्खरै फर्केको यस अवसरमा यहाँहरुसंग सो सम्मेलनमा नेपालको सहभागिता र सम्मेलनको अवसरमा भएका द्विपक्षीय भेटघाटका सम्बन्धमा कुरा राख्न पाउँदा खुशी लागेको छ l
  •  सन् २०२१ को नोभेम्बेरमा संयुक्त राष्ट्रसंघको मुख्यालयमा virtual रुपमा आयोजित The United Nations Food Systems Summit, जसमा नेपालका तर्फबाट तत्कालिन प्रधानमन्त्रीले भागलिनु भएको थियो, एवं दीगो विकास सम्बन्धी Agenda २०३० द्वारा अभिव्यक्त दिगो कृषि विकास, खाध्य सुरक्षा, पर्याप्त र स्वस्थ्यकर खाध्यमा  पहुँच, भोकमरीको अन्त्य लगायत समग्र कृषि विकास प्रणालीमा हामीले हासिल गरको प्रगति, हामीलाई प्राप्त अवसर, हाम्रा सामु देखिएका चुनौतीका सम्बन्धमा अनुभवको आदान प्रदान, छलफल र मुल्यांकन गरी अबको गन्तब्य (the way forward) निर्धारण गर्ने उद्देश्यले आयोजना गरिएको यस महत्वपूर्ण सम्मेलनमा नेपालको सहभागिता अत्यन्त सक्रिय, यथार्थमा भन्दा देखिने तथा अनुभूत हुनेगरी सक्रिय, रहेको व्यहोरा म यहाँहरुलाई अवगत गराउन चाहन्छु l
  • उक्त अवसरमा July २४ मा सम्पन्न सम्मेलनको उद्घाटन समारोह (official opening) मा नेपालको सरकार प्रमुख तथा अतिकम विकसित राष्ट्र (LDCs) को Chair का हैसियतमा सम्बोधन गर्नुका साथै July २५ मा आयोजित सम्मेलनको अत्यन्त महत्वपूर्ण सत्रको रुपमा हेरिएको Food Systems Transformation in Practice – Successes, Challenges and the Way Forward मा मैले नेपालको प्रतिनिधित्व गर्दै Key Speaker को रुपमा सम्बोधन गरेको यहाँहरुलाई अवगत गराउन चाहन्छु l साथै, सम्मेलनको अर्को महत्वपूर्ण सत्र (Plenary Session on School Meal) लाई पनि नेपालको सरकार प्रमुखको हैसियतमा मैले सम्बोधन गरें l माननीय कृषि मन्त्री लगायत मेरो प्रतिनिधिमण्डलका अन्य सदस्यहरुको पनि सम्मेलनका अन्य सत्रहरूमा सक्रिय सहभागिता रहेको थियो l
  • २४ July मा सम्पन्न उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा मैले खाध्य सुरक्षा; पर्याप्त, सुरक्षित र स्वस्थ्यकर खाध्यमा सहज पहुँच; दीगो कृषि विकास, गरिवी निवारण, भोकमरीको अन्त्य लगायतका Agenda – 2030 ले निर्देश गरेका उद्देश्य प्राप्त गर्नमा अतिकम विकसित राष्ट्रहरुले भोग्नु परेका समस्याहरु LDCs को Chairman को हैसियतमा अन्तर्राष्ट्रिय समुदाय समक्ष राखें l साथै, अति कम विकसित मुलुकहरुका करोडौंको संख्यामा रहेका जोखिममा परेका नागरिकहरुलाई आशाको दियो संचार गर्नको लागि अन्तर्राष्ट्रिय समुदायले सामुहिक प्रतिवद्दता देखाउनुपर्ने खाँचो पनि प्रष्ट पारेको छु l विश्व व्यापी रुपमा देखा परेको जलवायु परिवर्तनलाई थेग्ने दीगो र भरपर्दो उत्पादकत्व वृद्धिका लागि विशेष गरि साना कृषकको लागि प्रविधि, मल, बजार, पुंजीमा सहज पहुँचको सुनिश्चितता गर्न आवश्यक रहेको विषयलाई जोडदार रुपमा राखेको छु l उद्घाटन सत्रमा संयुक्त राष्ट्रसंघका महासचिव, आयोजक मुलुक इटालीका प्रधानमन्त्री तथा अन्य मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुले समेत सम्बोधन गर्नु भएको थियो l
  • सोही दिन बिहान आयोजित School Meals संग सम्बन्धित Plenary Session मा बोल्दै मैले School Meal का सम्बन्धमा नेपाल सरकारबाट भएका प्रयासहरु अन्तर्राष्ट्रिय समुदाय समक्ष राखेको थिएँ l यहाँहरुलाई अवागत नै छ School Feeding मा नेपालको अनुभव यथार्थमा नै सफल अनुभव हो l नेपाल सरकार र WFP को सहकार्यमा संचालित यस कार्यक्रमबाट ३३ लाख भन्दा बढी बालबालिका लाभान्वित भएका छन् l यो कार्यक्रमबाट बिद्यार्थीहरुको भर्ना संख्या, हाजिरी, र उनीहरुको सिकाईको स्तरमा उल्लेख्य परिबर्तन आएको छ l गत पांच बर्षमा हामीले दिवा खाजा कार्यक्रमको बजेटमा चार गुणाले वृद्धि गरेका छौं l यसै वर्ष पनि यो तथ्यलाई आत्मसात गर्दै शिक्षा क्षेत्रको सम्पूर्ण बजेटको ६ प्रतिशत यस कार्यक्रमकालागी छुट्टयाइएको छ l यस क्षेत्रमा नेपालले लिएको अग्रसरता प्रति अन्तर्राष्ट्रिय जगतले प्रसंशा गरेको छ l साथै, WFP ले यस क्षेत्रमा थप सहयोग गर्ने तत्परता व्यक्त गरेको छ l
  • यो सम्मेलनको अत्यन्त महत्वपूर्ण सत्रको रुपमा लिइएको Food Systems Transformation in Practice – Successes, Challenges and the Way Forward, जुन दोश्रो दिनको बिहान आयोजना भएको थियो, सो Plenary Session लाई मैले Key Note Speaker को रुपमा सम्बोधन गरें l सो क्रममा मैले यो सम्मेलनले सन् २०२१ मा आयोजित Food Systems Summit पश्चात समग्र खाध्य प्रणाली तथा कृषि क्षेत्रको विकासमा भएका कार्यहरुको समिक्षा गर्दै अबको बाटो तय गर्न हामीलाई मार्गदर्शन गर्ने कुरा व्यक्त गरें l मैले अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालको संविधान (धारा ३६) ले प्रत्याभूत गरेको सम्पूर्ण नेपालीको खाद्य सम्बन्धी हक सुनिश्चित गर्न सरकार दृढ रहेको र सरकारले Food System Transformation Strategic Plan 2022-2030 तयार गरेको र त्यसलाई प्राथमिकताका साथ् कार्यन्वयनमा लैजाने धारणा व्यक्त गरें l कृषि उत्पादकत्व वृद्धि गर्ने, स्थानीय कृषिलाई support गर्ने storage system सुधार गर्ने र कृषि पूर्वाधार विकासको लागि public-private partnership मा जोड दिने जस्ता विषयहरु उक्त रणनीतिक योजनामा समाविष्ट भएको बारे अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराएँ l
  • औपचारिक कार्यक्रमहरुका अतिरिक्त सम्मेलनका दौरानमा अत्यन्त महत्वपूर्ण द्विपक्षीय भेटबार्ता तथा संवादहरू भएका छन् l  सम्मेलनको sidelines मा संयुक्त राष्ट्रसंघका महासचिव महामहिम Antonio Guterres संग भेटघाट तथा छलफल भएको यहाँहरुलाई अवगत गराउन चाहन्छु l सो अवसरमा संयुक्त राष्ट्रसंघ र नेपालबीचको सहकार्य तथा सहयोग, विश्व शान्तिमा नेपालले पुर्याएको योगदान, multilateralism, climate change, गरिवी निवारण तथा खाध्य सुरक्षा जस्ता विषयमा छलफल भएको थियो l उक्त अवसरमा मैले उहाँलाई उपयुक्त समयमा नेपाल भ्रमण गर्नका लागि निमन्त्रणा समेत गरेको छु l र, सो निमन्त्रणालाई उहाँले सहर्ष स्वीकार गर्नु भएको छ l उहाँ नेपाल प्रति चासोका साथ् जानकारी राख्ने शुभ चिन्तक रहेको बारे यहाँहरुलाई जानकारी नै छ l
  • यसै गरी, खाध्य तथा कृषि संगठन (FAO) का Director General Dr. Qu Dongyu, विश्व खाध्य कार्यक्रम (WFP) का Executive Director Ms. Cindy Hensley McCain, र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (IFAD) का President  Dr. Alvaro Lario संग समेत भेटघाट तथा छलफल भयो l उक्त छलफलहरु नेपालको ती संगठनहरुसंगको सहयोग तथा विकास साझेदारी, नेपालमा ती संगठनहरुको सहयोगमा संचालित आयोजनाहरुको कार्यन्वयन, नेपालको कृषि विकास, ग्रामिण विकास, खाध्य सुरक्षा, गरिवी निवारण तथा ती संगठनहरु अब हुने साझेदारी तथा सहयोगका सम्बन्धमा केन्द्रित रहेका थिए l यहाँहरुलाई अवगत नै छ FAO, WFP, IFAD तीनै संगठनले नेपालको कृषि विकास, ग्रामिण विकास, खाध्य सुरक्षा, गरिवी निवारण, महिला किसानहरुको जीवनस्तर सुधार जस्ता विषयमा लामो समयदेखि नेपालसंग सहकार्य गर्दै आएका छन् l
  •  सम्मेलनको दौरानमा मेरो बांगलादेशका प्रधानमन्त्री महामहिम Sheikh Hasina संग महत्वपुर्ण द्विपक्षीय भेटघाट भएको छ l यहाँहरुलाई अवागत नै छ नेपाल र बांगलादेशबीच अत्यन्त सुमधुर र मैत्रीपुर्ण सम्बन्ध रही आएको छ l सो भेटघाटमा नेपाल र बांगलादेशबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी सहयोग, क्षेत्रीय सहयोग, अन्तर्राष्ट्रिय मंचहरुमा नेपाल र बांगलादेशबीचको सहकार्य जस्ता बिषयहरुमा हार्दिक र सौहार्दपूर्ण छलफल भएको थियो l यहाँहरुलाई ज्ञात नै छ बांगलादेश सरकार नेपालमा उत्पादित जलबिध्युत खरिद गर्न इच्छुक रहेको छ l आर्थिक अन्तरनिर्भरताको यो अत्यन्त महत्वपूर्ण आयाम अब कार्यान्वयनको चरणमा रहेको छ l हालै मैले गरेको छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणका क्रममा नेपालले भारतीय भुमि भएर नेपालको जलबिध्यूत बांगलादेशमा निर्यात गर्ने सहमति भएको छ l त्यसलाई यथाशीघ्र औपचारिकता दिई जलबिध्यूत निर्यातको ढोका खोल्ने हाम्रो प्रयासले सार्थकता पाउँदै छ l बांगलादेशका प्रधानमन्त्रीसंग यो विषयमा अत्यन्त महत्वपूर्ण कुराकानी भएको छ l
  • भ्रमणकै क्रममा मैले NRNA, Italy द्वारा आयोजित कार्यक्रममा भाग लिई  त्यहाँ रहेका नेपाली समुदायसंग विभिन्न विषयमा छलफल गरेको व्यहोरा समेत अवगत गराउन चाहन्छु l नेपाली समुदायका तर्फबाट केही महत्वपूर्ण विषयहरुमा सहजीकरण गरिदिनका लागि सरकारलाई आग्रह भएको छ l ती विषयहरू समाधान गर्न सकेमा विदेशमा बस्ने नेपालीहरूलाई सहज सेवा पुग्ने, नेपालको निर्यात बढ्ने र नेपाल र मित्रराष्ट्रहरुबीच सम्बन्ध थप सुमधुर हुने मैले विश्वास लिएको छु l
  • - यो सम्मेलनमा म अत्यन्त व्यस्त रहें l सम्मेलनको पहिलो दिन त बिहान ९ बजे देखि बेलुका ९ बजे सम्म करिब १२ घण्टा FAO को परिसर भित्र सम्मेलनमा सहभागिता र बैठकहरुमा व्यस्त रहें l केही बचेको समयमा समेत ईटालीले आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा गरेको विकासको अवलोकन गरेको छु l प्लेनमा चढ्नु भन्दा केही समय अगाडि मात्रै रोमको Olimpico Football Stadium को अवलोकन गरें l
  • यसरी सम्मेलनमा देखिएको नेपालको सक्रिय सहभागिता र सम्मेलनको दौरानमा भएका महत्वोपूर्ण भेटघाटहरु बाट यो भ्रमणलाई मैले एउटा सफल भ्रमणको रुपमा लिएको छु l समग्रमा यो भ्रमणबाट अन्तर्राष्ट्रिय मन्चमा, अझ विशेष गरी संयुक्त राष्ट्रसंघीय मंचहरुमा नेपालको छबि एक स्वतन्त्र सार्वभौम, संयुक्त राष्ट्रसंघ र समग्र multilateralism प्रति प्रतिवद्ध मुलुकको रुपमा अझ बढी मुखरित हुन पुगेको मैले विश्वास लिएको छु l

यस बिषयमा तपाइको प्रतिक्रिया...!