असोज १५, काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारमा काँग्रेस कमजोर रुपमा प्रस्तुत भएको  बताएका छन् । 

नेपाली काँग्रेस काठमाडौँ जि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १५, काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारमा काँग्रेस कमजोर रुपमा प्रस्तुत भएको  बताएका छन् । 

नेपाली काँग्रेस काठमाडौँ जि"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारमा काँग्रेस कमजोर रुपमा प्रस्तुत भयो: नेता सिंह

१५ आश्विन २०७३, शनिबार ०७:१०

असोज १५, काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारमा काँग्रेस कमजोर रुपमा प्रस्तुत भएको  बताएका छन् । 

नेपाली काँग्रेस काठमाडौँ जिल्ला कार्यसमितिद्वारा आज यहाँ आयोजित शुभकामना तथा चियापान कार्यक्रममा उनले भने— काँग्रेस ठूलो पार्टी भए पनि सरकारमा माओवादी ठूलो पार्टी भएको झैँ गरेर प्रस्तुत भइरहेको छ । 

पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता सिंहले “स्थानीय तहको निर्वाचन र सीमाङ्कनलगायतका विषयमा काँग्रेस नेतृत्व गम्भीर हुनुपर्छ,” भन्दै काँग्रेस ठूलो दल भए पनि सरकार सञ्चालनमा त्यस अनुरुपको प्रभावकारी भूमिका निर्वाह नगर्दा कार्यकर्तामा निराशा उत्पन्न भएको बताए । 

पार्टी विधानअनुसार चलेमात्र पार्टी बलियो हुने र यसका लागि नेतृत्व गम्भीर हुनुपर्ने बताउँदै उनले पार्टी महाधिवेशन भएको ६ महिना बित्दासम्म पदाधिकारी र केन्द्रीय समितिले पूर्णता नपाउनु दुःखद भएको बताए । 

नेपाली काँग्रेस काठमाडौँका सभापति सवुज बानियाँले सीमाङ्कनका विषयमा दलहरुबीच सहमति भइसकेकाले स्थानीय निकायको निर्वाचनमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह  गरे ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का