१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आफन्त, नातागोता, ठुला घराना जो होस्, भ्रष्टाचारीलाई छोड्दौनौं : गृहमन्त्री श्रेष्ठ

१३ श्रावण २०८०, शनिबार ०६:३९

साउन १३, काठमाडौं । गृहमन्त्री नारायण काजी श्रेष्ठले यो वा त्यो बहानामा भ्रष्टाचारी उम्कन नसक्ने ठोकुवा गरेका छन् । 

शनिवार काठमाडौंमा आयोजित हरित स्वयंसेवक परिचालन कार्यक्रममा उनले, भ्रष्टाचार विरुद्धको अभियानमा सरकारलाई रोक्ने काम भैरहेको भन्दै  राष्ट्र विकासको बाधको रुपमा रहेको भ्रष्टाचार र कमिसनखोर प्रवृतिलाई अन्त्य गर्न सरकार डटेर लागेको बताए ।  यो वा त्यो बाहानामा साथिभाई, राजनीतिक दल, नातासम्बन्ध, ठूला घराना कसैको पनि सरकारले मतलव नगरी भ्रष्टाचारका दोषीलाई कारवाही गर्ने उनको दाबी छ । 


‘अहिले सरकारले चालेको भ्रष्टाचार, गठी विरोधि अभियानमा, जो संगठित अपराधहरु देशमा जनता र राज्यलाई चुस्ने काम भैराखेको छ त्यो सन्दर्भमा चालीएको अभियानमा सबैको सहयोगको अपेक्षा गर्छु, भैरहेको पनि छ । युवाहरु देशमा केही हुन्छ भनेर आशाबादी र उत्साहित बनेका छन्,यो धेरै राम्रो पक्ष हो ।’ उनले भने, ‘तर, कता कता  यसले कसलाई तान्ने हो भनेर, विभिन्न त्यान्द्रोहरु जोडिएकाहरु कराउँछन् भने त्यसमा हामी सचेत हुनुपर्छ । त्यसले सरकारको यो दिशालाई विश्राम दिदैन । कसैले नसोचे हुन्छ,भ्रष्टाचार,बेथिति र ठगि विरोधि अभियानलाइ हामी रोक्न सक्दैनौ,त्यो कृपा कसैले नगरे हुन्छ ।’ 

उनले सरकारले कुनै राजनीतिक दल,नेता, व्यापारिक घरना, साथीसंगी कसैलाई नचिन्ने र ति कसैको मतलव नगरी भ्रष्टाचारमा दोषी पाइएकालाई कुनै कृपा नगरी कानूनी कारबाही गर्ने दाबी गरे । 

‘हामी भ्रष्टाचार,बेथिति र ठगि विरोधि अभियानलाई रोकेर कसैमाथि कृपा गर्न सक्दैनौ । जुनसुकै राजनीतिक पार्टीको होस्,जुनसुकै परिवार र घरानाको होस्,जो सुकैको नातासम्बन्ध होस्,जुनसुकैको साथि सङ्गी होस्,जुनसुकैले पैसा दिएर आफ्नो धानेको होस् ति कसैसंग सरकारलाई मतलव छैन् । जो अनुसन्धानको आधारमा दोषी,अपराधि देखिन्छ,उनिहरुलाई कानूनको दायरामा ल्याइने छ । जो निर्दोष छ उसलाई यो देशमा शिर ठाडो पारेर स्वतन्त्र नागरिकको रुपमा बाँच्ने अवसर दिनेछौं,’ गृहमन्त्री श्रेष्ठले भने ।  

सरकारले आर्थिक सामाजिक विकास संगै सुशासन र संमृद्धिको यात्रामा अब पनि दृढ भएर नलाग्ने हो भने देशमा गम्भीर गत्यावरोधको स्थिति आउने भन्दै त्यसले देशलाई अराजकता र असफलता तिर लैजाने उनको धारणा छ ।

सुशासन स्थापनाको लागि अवसर नभएको भन्दै उनले सुशासनको पक्षमा सुरु गरेको कामलाई प्रभावकारी ढंगले टुंगोमा पु¥याएर नेपाललाई संमृद्ध बनाउने कार्यमा सबैको साथ आवश्यक रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी