असोज १५, प्यूठान । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयन प्रक्रिया सुरुभएको  बताएका छन् । 

बाढी तथा पहिरो अति प्रभावित क्षेत्रको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १५, प्यूठान । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयन प्रक्रिया सुरुभएको  बताएका छन् । 

बाढी तथा पहिरो अति प्रभावित क्षेत्रको"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्युठान पुगेर प्रधानमन्त्रीले भने- संविधान कार्यान्वयन सुरु भयो

१५ आश्विन २०७३, शनिबार ०८:३९

असोज १५, प्यूठान । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयन प्रक्रिया सुरुभएको  बताएका छन् । 

बाढी तथा पहिरो अति प्रभावित क्षेत्रको अनुगमन पछि प्रधानमन्त्री दाहालले बहानेमा आज बाढिपहिरो प्रभावितलाई सम्बोधन गर्दै ७ प्रदेशमा उच्च अदालत स्थापनाले संविधान कार्यान्वयन प्रक्रिया सुरु भएको  बताए । 

“संविधान कार्यान्वयनका लागि अहिलेको सरकार लागिपरेको छ । ”प्रधानमन्त्री दाहालले भने–“संविधान कार्यान्वयनसँगै मधेस आन्दोलन र राष्ट्रिय आन्तरिक एकताका लागि हामी सफल भएका छौ ।” 

“यो सरकार नेपालीको सरकार हो । देशमा राजा महाराजाको जमाना गयो । आज तपाईहरुको छोरा, गाउँको सामान्य व्यक्ति प्रधानमन्त्री, मन्त्री भएका छन् । हामीले अब देशमा विकास गर्नतर्फ लाग्नुपर्छ । 

त्यसैका लागि संविधान कार्यान्वयन प्रमुख विषय भएको छ ।”प्रधानमन्त्री दाहालले भने । अर्को एक फरक प्रसङ्गमा प्रधानमन्त्री दाहालले देशमा हालसम्म ठूला परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन गर्न नसकिएको बताए । 

कार्यक्रममा माओवादी नेता वर्षमान पुनले संविधान कार्यान्वयनका लागि दलहरुकाबीचमा सहमति र सहकार्य आवश्यक भएको बताए । 

बाढिपहिरो प्रभावितले चाडपर्व खर्च १५ हजार पाउने 

प्यूठानका बाढिपहिरो प्रभावितका लागि सरकारले दशैँ-तिहार चाडपर्व खर्च स्वरुप रु १५ हजार उपलब्ध गराउने भएको छ । 

प्रधानमन्त्री दाहालले प्रभावित परिवारलाई प्रतिपरिवार रु १५ हजार सरकारले दिने घोषणा गर्नुभयो ।“बाढिपहिरो प्रभावितका लागि भूकम्प प्रभावित बराबरको सरकारी सहयोग र राहत दिने सरकारले तयारी गरेको छ ।” प्रधानमन्त्रीले भने । 

”प्यूठानमा साउन ११ र १२ गते आएको बाढिपहिरोबाट ५३ जनाको मृत्यु भएको थियो । त्यस्तै करोडौँको भौतिक पूर्वाधार नष्ट भएका थिए । 

प्रधानमन्त्रीलाई दश बुँदे माग पत्र 

प्रधानमन्त्री दाहाललाई उद्योग वाणिज्य सङ्घ प्यूठानले प्यूठानवासीका तर्फबाट १० बुँदे मागपत्र पेस गरेको छ । 

बाढिपहिरो प्रभावित क्षेत्रमा पुनःवासको व्यवस्था, जोखिममा रहेकाको अन्यत्र स्थानान्तरण, नौमुरे जलविद्युत् आयोजनाको स्वदेशी लगानीमा निर्माण लगायतका माग राख्दै प्रधानमन्त्रीलाई माग पत्र बुझाइएको हो । 

तत्काल जिल्लामा देखिएको समस्या जिल्लाले सम्बोधन गर्न नसक्ने भन्दै उद्योग वाणिज्य सङ्घका अध्यक्ष ज्ञामुराम न्यौपानेले माग पत्रसँगै केन्द्रबाट तत्काल उचित आर्थिक व्यवस्था र ध्यान दिनसमेत माग गरेका छन् । त्यस्तै प्रधानमन्त्रीसँगै प्रभावित गाविसले पनि माग पत्र प्रस्तुत गरेका छन् । 

बहानेमा जम्मा भएका मृतक तथा प्रभावित परिवार सदस्यले स्थानान्तरणका लागि केन्द्रबाट पहल गर्न आग्रहसमेत गरेका छन् । सामान्य प्रकृतिका राहत सामग्री बाहेक खासै राहत सामग्री नपाएको र जिल्लास्तरबाट तथा केन्द्रले पनि आफूहरुलाई ध्यान नदिएको प्रभावितको गुनासो छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का