असोज १५, पोखरा । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले देश अहिले पनि जटिल मोडमा उभिएकाले सबै राजनीतिक शक्तिहरु एक ठाउँमा उभिएर देशलाई दुर्घटना हुनबाट जोगाउन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १५, पोखरा । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले देश अहिले पनि जटिल मोडमा उभिएकाले सबै राजनीतिक शक्तिहरु एक ठाउँमा उभिएर देशलाई दुर्घटना हुनबाट जोगाउन"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशलाई दुर्घटना हुनबाट जोगाउनु पर्छ: मन्त्री केसी

२०७३, १५ आश्विन शनिबार १२:२८


असोज १५, पोखरा । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले देश अहिले पनि जटिल मोडमा उभिएकाले सबै राजनीतिक शक्तिहरु एक ठाउँमा उभिएर देशलाई दुर्घटना हुनबाट जोगाउनुपर्ने बताएका छन् । 

प्रजातन्त्र संवद्र्धन केन्द्र्रको आयोजनामा आज भएको ‘नेपालको पुनःनिर्माणमा प्रजातान्त्रिक समाजवाद दृष्ट्रिकोण’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान संशोधनवाट मधेसी मोर्चालाई पनि सहमतिमा ल्याएर अहिलेको अप्ठ्यारो स्थितिको अन्त्य गर्नुपर्नेमा सबैसँग आग्रह गरे । 

मन्त्री केसीले २०७४ माघ ७ गतेभित्र तीनवटै निर्वाचन गर्न सकेनाँै भने संविधान कार्यान्वयन हुँदैन र देश संविधानविहीन हुनेमा चिन्ता व्यक्त गरे ।

“हामी अहिले सबै एउटै डुङ्गामा छौँ, डुङ्गा दुर्घटना भयो भने हामी सबै पर्छौं”, भन्दै उनले भने– “यसबाट देशी तथा विदेशी प्रतिक्रियावादी खुसी हुनेछन् तर नेपाल र नेपाली जनतामा भने अरु धेरै चुनौती थपिने छन् ।” 

उनले संविधान संशोधन हुने दस्तावेज हो तर जातीयता र क्षेत्रीयतामा विखण्डन आउने मूलभूत विषयबाहेक अरु धारालाई संशोधन गरेर देशलाई निकास दिन सबै अग्रसर हुनुपर्नेमा जोड दिए । 

मन्त्री केसीले पार्टी नेतामुखीभन्दा नीतिमुखी हुनुपर्छ भन्दै काँग्रेसलाई एक्लाउने खेल सुरु भएकाले यसमा कार्यकर्ताहरु सचेत हुनुपर्ने धारणा राखे । पूर्व महामन्त्री तारानाथ रानाभाटले बिपीको आदर्श र विचारभन्दा फरक ढङ्गले पार्टी चलेको बताए । 

केन्द्रका अध्यक्ष जगदीशचन्द्र पोखरेलको अध्यक्षतामा भएको सो कार्यक्रममा केन्द्रीय सदस्य जीवन परियार, गुरु घिमिरे, केन्द्रका उपाध्यक्ष डा यज्ञप्रसाद अधिकारीलगायतका वक्ताले कार्यक्रमका बारेमा  बोलेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु