असोज १५, पोखरा । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले देश अहिले पनि जटिल मोडमा उभिएकाले सबै राजनीतिक शक्तिहरु एक ठाउँमा उभिएर देशलाई दुर्घटना हुनबाट जोगाउन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १५, पोखरा । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले देश अहिले पनि जटिल मोडमा उभिएकाले सबै राजनीतिक शक्तिहरु एक ठाउँमा उभिएर देशलाई दुर्घटना हुनबाट जोगाउन"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशलाई दुर्घटना हुनबाट जोगाउनु पर्छ: मन्त्री केसी

१५ आश्विन २०७३, शनिबार १२:२८


असोज १५, पोखरा । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले देश अहिले पनि जटिल मोडमा उभिएकाले सबै राजनीतिक शक्तिहरु एक ठाउँमा उभिएर देशलाई दुर्घटना हुनबाट जोगाउनुपर्ने बताएका छन् । 

प्रजातन्त्र संवद्र्धन केन्द्र्रको आयोजनामा आज भएको ‘नेपालको पुनःनिर्माणमा प्रजातान्त्रिक समाजवाद दृष्ट्रिकोण’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान संशोधनवाट मधेसी मोर्चालाई पनि सहमतिमा ल्याएर अहिलेको अप्ठ्यारो स्थितिको अन्त्य गर्नुपर्नेमा सबैसँग आग्रह गरे । 

मन्त्री केसीले २०७४ माघ ७ गतेभित्र तीनवटै निर्वाचन गर्न सकेनाँै भने संविधान कार्यान्वयन हुँदैन र देश संविधानविहीन हुनेमा चिन्ता व्यक्त गरे ।

“हामी अहिले सबै एउटै डुङ्गामा छौँ, डुङ्गा दुर्घटना भयो भने हामी सबै पर्छौं”, भन्दै उनले भने– “यसबाट देशी तथा विदेशी प्रतिक्रियावादी खुसी हुनेछन् तर नेपाल र नेपाली जनतामा भने अरु धेरै चुनौती थपिने छन् ।” 

उनले संविधान संशोधन हुने दस्तावेज हो तर जातीयता र क्षेत्रीयतामा विखण्डन आउने मूलभूत विषयबाहेक अरु धारालाई संशोधन गरेर देशलाई निकास दिन सबै अग्रसर हुनुपर्नेमा जोड दिए । 

मन्त्री केसीले पार्टी नेतामुखीभन्दा नीतिमुखी हुनुपर्छ भन्दै काँग्रेसलाई एक्लाउने खेल सुरु भएकाले यसमा कार्यकर्ताहरु सचेत हुनुपर्ने धारणा राखे । पूर्व महामन्त्री तारानाथ रानाभाटले बिपीको आदर्श र विचारभन्दा फरक ढङ्गले पार्टी चलेको बताए । 

केन्द्रका अध्यक्ष जगदीशचन्द्र पोखरेलको अध्यक्षतामा भएको सो कार्यक्रममा केन्द्रीय सदस्य जीवन परियार, गुरु घिमिरे, केन्द्रका उपाध्यक्ष डा यज्ञप्रसाद अधिकारीलगायतका वक्ताले कार्यक्रमका बारेमा  बोलेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का