असोज १६, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाइने बताउनुभएको छ । 

क्यानाडास्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १६, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाइने बताउनुभएको छ । 

क्यानाडास्"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हवाई क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाइने: मन्त्री शाही

२०७३, १६ आश्विन आईतवार १३:४५

असोज १६, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाइने बताउनुभएको छ । 

क्यानाडास्थित अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मुख्यालय मन्ट्रियलमा भइरहेको ३९ औँ आइकाओ महासभालाई सम्बोधन गर्दै पर्यटनमन्त्री शाहीले नेपालको हवाई क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउन सरकार लागिपरेको बताउनुभयो । 

नेपालको अधिकांश भूभाग हिमाल र पहाडले ओगटेकाले सुरक्षित हवाई उडान ‘प्राण’ जस्तै महत्वपूर्ण रहेको भन्दै उहाँले पर्वतीय पर्यटन र विकासमा पनि हवाई उड्डयनको ठूलो योगदान रहेको बताउनुभयो । 

सन् २०१३ मा आइकाओले नेपालको हवाई उडानसम्बन्धी प्रतिवेदनमा उल्लेख गरिएका महत्वपूर्ण सुरक्षा चासोको विषयलाई सम्बोधन गर्न नेपालले आइकाओसमेतको सहयोगमा महत्वपूर्ण कार्यहरु गरिरहेकालै चाँडै मापदण्ड पुरा गर्ने मन्त्री शाहीको भनाइ थियो । 

महासभामा नेपालका तर्फबाट मन्त्री शाहीको नेतृत्वमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक, मन्त्रालयका सम्बन्धित शाखाका प्रमुख, नेपाल वायु सेवा निगमका प्रबन्ध निर्देशकलगायत प्रतिनिधिको सहभागिता रहेको क्यानाडाको ओटृावास्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

असोज ११ देखि २१ सम्म चल्ने उक्त महासभाको क्यानाडाका यातायातमन्त्री, आइकाओ अध्यक्ष र मन्ट्रियलका मेयरले संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो । सोमबार मन्त्री शाहीले आइकाओ परिषद्का अध्यक्ष र महानिर्देशकसँग संयुक्त भेटघाट गर्ने कार्यक्रम रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु