असोज १६, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाइने बताउनुभएको छ । 

क्यानाडास्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १६, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाइने बताउनुभएको छ । 

क्यानाडास्"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हवाई क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाइने: मन्त्री शाही

१६ आश्विन २०७३, आईतवार १३:४५

असोज १६, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाइने बताउनुभएको छ । 

क्यानाडास्थित अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मुख्यालय मन्ट्रियलमा भइरहेको ३९ औँ आइकाओ महासभालाई सम्बोधन गर्दै पर्यटनमन्त्री शाहीले नेपालको हवाई क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउन सरकार लागिपरेको बताउनुभयो । 

नेपालको अधिकांश भूभाग हिमाल र पहाडले ओगटेकाले सुरक्षित हवाई उडान ‘प्राण’ जस्तै महत्वपूर्ण रहेको भन्दै उहाँले पर्वतीय पर्यटन र विकासमा पनि हवाई उड्डयनको ठूलो योगदान रहेको बताउनुभयो । 

सन् २०१३ मा आइकाओले नेपालको हवाई उडानसम्बन्धी प्रतिवेदनमा उल्लेख गरिएका महत्वपूर्ण सुरक्षा चासोको विषयलाई सम्बोधन गर्न नेपालले आइकाओसमेतको सहयोगमा महत्वपूर्ण कार्यहरु गरिरहेकालै चाँडै मापदण्ड पुरा गर्ने मन्त्री शाहीको भनाइ थियो । 

महासभामा नेपालका तर्फबाट मन्त्री शाहीको नेतृत्वमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक, मन्त्रालयका सम्बन्धित शाखाका प्रमुख, नेपाल वायु सेवा निगमका प्रबन्ध निर्देशकलगायत प्रतिनिधिको सहभागिता रहेको क्यानाडाको ओटृावास्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

असोज ११ देखि २१ सम्म चल्ने उक्त महासभाको क्यानाडाका यातायातमन्त्री, आइकाओ अध्यक्ष र मन्ट्रियलका मेयरले संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो । सोमबार मन्त्री शाहीले आइकाओ परिषद्का अध्यक्ष र महानिर्देशकसँग संयुक्त भेटघाट गर्ने कार्यक्रम रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का