असोज १६, काठमाडौँ । भौतिक योजना तथा यातायातमन्त्री रमेश लेखकले बिपी राजमार्गमा ठूला प्रकृतिका सवारी साधन चलाउन सरकारले रूट परमिट नदिएको प्रस्ट पार्नुभएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १६, काठमाडौँ । भौतिक योजना तथा यातायातमन्त्री रमेश लेखकले बिपी राजमार्गमा ठूला प्रकृतिका सवारी साधन चलाउन सरकारले रूट परमिट नदिएको प्रस्ट पार्नुभएको छ । "/>
२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ठूला सवारी साधन चलाउन रूट परमिट दिएको छैन’

२०७३, १६ आश्विन आईतवार १४:०६

असोज १६, काठमाडौँ । भौतिक योजना तथा यातायातमन्त्री रमेश लेखकले बिपी राजमार्गमा ठूला प्रकृतिका सवारी साधन चलाउन सरकारले रूट परमिट नदिएको प्रस्ट पार्नुभएको छ । 

रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कारमा मन्त्री लेखकले १८ सिट क्षमता भएका माइक्रो चल्ने बिपी राजमार्गमा सरकारले ठूला सवारीलाई समेत रूट परमिट दिएको भन्ने आरोपको खण्डन गर्दै त्यसमा कुनै सत्यता नभएको बताउनुभयो । 

“नेपालीको महान् चाड दसैँ, तिहारलाई लक्षित गरी कुनै पनि यात्रुले सास्ती खेप्नु नपरोस् भनेर दैनिक चलिरहने भन्दा बढी गाडी थप्ने र थप व्यवस्थित गर्ने काम गरिएको छ”– उहाँले भन्नुभयो । यात्रुको सुविधाका लागि आवश्यक परे सरकारले अन्य विकल्पसमेत अघि सार्ने मन्त्री लेखकको भनाइ छ । 

मन्त्री लेखकले संविधानलाई सर्वमान्य बनाउँदै संशोधन प्रक्रियाबारे दलबीच आन्तरिक गृहकार्य भइरहेको र सहमतिका आधारमा छिट्टै संशोधन प्रक्रिया अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५४ क्षेत्रकाे मतपरिणाम सार्वजनिक मङ्गलबारसम्म आकाश नखुल्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना समानुपातिकतर्फको मतपरिणाम अनुसार रास्वपाले १९ लाख मत प्राप्त १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, ११६ स्थानमा रास्वपाको जित ललितपुर–२ मा रास्वपाका उम्मेदवार जगदीश खरेल विजयी काठमाडौँमा वायु प्रदूषण बढ्यो सुनसरी-१ मा हर्क साम्पाङ विजयी सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने धादिङ–२ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी सुनचाँदीको मूल्य बढ्यो नीति निर्माण तहमा महिलाको सहभागिता आवश्यक : प्रधानमन्त्री कार्की बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी