असोज १८, हेटौँडा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा वनमन्त्री शङ्कर भण्डारीले प्रमुख राजनीतिक दलहरुले सत्तामा प्रतिस्पर्धा गर्नेभन्दा माथि उठेर वर्तमान संविधा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १८, हेटौँडा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा वनमन्त्री शङ्कर भण्डारीले प्रमुख राजनीतिक दलहरुले सत्तामा प्रतिस्पर्धा गर्नेभन्दा माथि उठेर वर्तमान संविधा"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सहमतिका साथ अगाडि बढ्न मन्त्री भण्डारीको आग्रह

१८ आश्विन २०७३, मंगलवार ०६:१५

असोज १८, हेटौँडा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा वनमन्त्री शङ्कर भण्डारीले प्रमुख राजनीतिक दलहरुले सत्तामा प्रतिस्पर्धा गर्नेभन्दा माथि उठेर वर्तमान संविधान कार्यान्वयनका लागि निर्वाचन गर्ने क्रममा आम सहमतिका साथ अगाडि बढ्न आग्रह गर्नुभयो । 

उहाँले नेपाली काँग्रेस मकवानपुरद्वारा बडादसैँको शुभकामना कार्यक्रममा आज बिहान सम्बोधन गर्दै मुलुकमा रहेका महिलाले पनि संविधानको कार्यान्वयन गर्ने क्रममा र वन सम्पदा जोगाउन अभियानलाई आआफ्नो दललाई दबाब दिनुपर्ने उल्लेख गर्दै जनतामा परेको समस्यालाई निकास दिन सरकारले छिट्टै नै स्थानीय निर्वाचन गराउन लागेको बताउनुभयो । 

मन्त्री भण्डारीले मुलुकमा वन तस्करको नियन्त्रण गर्ने र आगामी पाँच वर्षभित्र मुलुकमा काठ तथा दाउरा आपूर्ति गर्ने लक्ष्यका साथ सरकारले गुरुयोजना तयार गरी अघि बढेको स्पष्ट पार्नुभयो । 

सो कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य विरोध खतिवडा र सांसद इन्द्रबहादुर बानियाँले प्रमुख दलहरुको बीचमा समझदारीका साथ तराईका दलहरुबीच भएको असमझदारीको निकास दिन राष्ट्रिय अखण्डतालाई आँच नपुग्ने गरी संविधानको संशोधन गर्नेतर्फ सबै दललाई एकै साथ लिएर हिँड्नुपर्ने आग्रह गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का