असोज १८, हेटौँडा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा वनमन्त्री शङ्कर भण्डारीले प्रमुख राजनीतिक दलहरुले सत्तामा प्रतिस्पर्धा गर्नेभन्दा माथि उठेर वर्तमान संविधा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १८, हेटौँडा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा वनमन्त्री शङ्कर भण्डारीले प्रमुख राजनीतिक दलहरुले सत्तामा प्रतिस्पर्धा गर्नेभन्दा माथि उठेर वर्तमान संविधा"/>
२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सहमतिका साथ अगाडि बढ्न मन्त्री भण्डारीको आग्रह

२०७३, १८ आश्विन मंगलवार ०६:१५

असोज १८, हेटौँडा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा वनमन्त्री शङ्कर भण्डारीले प्रमुख राजनीतिक दलहरुले सत्तामा प्रतिस्पर्धा गर्नेभन्दा माथि उठेर वर्तमान संविधान कार्यान्वयनका लागि निर्वाचन गर्ने क्रममा आम सहमतिका साथ अगाडि बढ्न आग्रह गर्नुभयो । 

उहाँले नेपाली काँग्रेस मकवानपुरद्वारा बडादसैँको शुभकामना कार्यक्रममा आज बिहान सम्बोधन गर्दै मुलुकमा रहेका महिलाले पनि संविधानको कार्यान्वयन गर्ने क्रममा र वन सम्पदा जोगाउन अभियानलाई आआफ्नो दललाई दबाब दिनुपर्ने उल्लेख गर्दै जनतामा परेको समस्यालाई निकास दिन सरकारले छिट्टै नै स्थानीय निर्वाचन गराउन लागेको बताउनुभयो । 

मन्त्री भण्डारीले मुलुकमा वन तस्करको नियन्त्रण गर्ने र आगामी पाँच वर्षभित्र मुलुकमा काठ तथा दाउरा आपूर्ति गर्ने लक्ष्यका साथ सरकारले गुरुयोजना तयार गरी अघि बढेको स्पष्ट पार्नुभयो । 

सो कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य विरोध खतिवडा र सांसद इन्द्रबहादुर बानियाँले प्रमुख दलहरुको बीचमा समझदारीका साथ तराईका दलहरुबीच भएको असमझदारीको निकास दिन राष्ट्रिय अखण्डतालाई आँच नपुग्ने गरी संविधानको संशोधन गर्नेतर्फ सबै दललाई एकै साथ लिएर हिँड्नुपर्ने आग्रह गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु