असोज १८, काठमाडौं । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हालै भएको भारत भ्रमणको क्रममा नेपाल र भारतका दुवै राष्ट्रप्रमुखले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १८, काठमाडौं । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हालै भएको भारत भ्रमणको क्रममा नेपाल र भारतका दुवै राष्ट्रप्रमुखले"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२५ बुँदेको विरोध गर्नेहरु नक्कली राष्ट्रवादी हुन्: परराष्ट्रमन्त्री

१८ आश्विन २०७३, मंगलवार १२:३७

असोज १८, काठमाडौं । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हालै भएको भारत भ्रमणको क्रममा नेपाल र भारतका दुवै राष्ट्रप्रमुखले निकालेको संयुक्त विज्ञप्तीमा राष्ट्रियता र राष्ट्रिय स्वार्थमा आँच आएको भनेर केहीले नक्कली राष्ट्रवादको हल्ला फिँजाएको आरोप लगाएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री महतले प्रधानमन्त्रीको भारत भ्रमणको बेलामा जारी भएको २५ बुँदे संयुक्त विज्ञप्तीलाई लिएर बाबुराम भट्टराई लगायत सरकार बाहिर रहेका दलहरुले नक्कली राष्ट्रवाद देखाएर विरोध गरेको आरोप लगाएका हुन् । उनले भने,‘आफू सरकार बाहिर हुनेवित्तिकै सस्तो लोकप्रियताको लागि यसरी विरोध गर्नु हाँस्यस्पद हो, यो त विरोधको नाममा विरोध मात्रै हो ।’

पहिला पहिला भारतीय चलचित्र चल्नपनि दिनुहुदैन भन्ने बाबुरामले आफू प्रधानमन्त्री हुँदा कुरा बुझेर भारतसँग विप्पा सम्झौता गरेको उल्लेख गर्दै महतले भने,‘हामी त समृद्धिको लागि स्वदेशी तथा विदेशी लगानी आवश्यक छ र लगानी सूरक्षित गर्नुपर्छ भन्ने पक्षमा हामी त पहिलादेखि नै थियौं ।’

साक्षात्कार कार्यक्रममा मन्त्री महतले कुनै विवाद नै नभएको विषयलाई विवादित बनाउने, प्रोपागाण्डा बनाउने र जनतामा भ्रम पैदा गर्ने कुराले राष्ट्रिय स्वार्थ पूरा नहुने जिकिर गरे । उनले भने,‘नेपाल र भारतवीच धेरै विषयमा समान धारणा छ, अनि यसबारेमा बोल्दा नराम्रो कुरा के भयो र ?’

सार्क लगायत क्षेत्रिय संगठनलाई मजबुत बनाउने कुरा गर्दा किन यहाँ यत्रो हल्लाखल्ला, चीनसँग पनि हाम्रो अन्तर्राष्ट्रिय विषयमा धेरै समान धारणाहरु छन्, तर हामीले राष्ट्रियता र राष्ट्रिय स्वार्थको विषयमा कुनै कम्प्रोमाईज गरेकै छैन् ।’

मन्त्री महतले जनताको भावनामा खेल्नको लागि हुँदै नभएको कुराको आरोप लगाईएकोप्रति कडा आक्रोश पोख्दै भने,‘एउटा बुँदापनि राष्ट्रिय स्वार्थको विरुद्धमा छैन, बरु २५ बुँदामा एक एक बुँदा नेपालको हितमा छन्, सत्ताबाट बाहिर जानेवित्तिकै विरोध गर्नुको कुनै अर्थ छैन् ।’ उनले अघि थपे,‘तिललाई पहाड बनाउने काम भयो, तर यहाँ २५ बुँदेमा तिल पनि छैन, सिन्को पनि छैन् ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का