असोज १८, धनगढी । सेती अञ्चल अस्पताल धनगढीमा आजबाट डायलसिस सेवा दिने गरी हेमो—डायलसिस, एचआइभी भाइरल लोड र सिकलसेल एनिमिया सेवा सुरु भएको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १८, धनगढी । सेती अञ्चल अस्पताल धनगढीमा आजबाट डायलसिस सेवा दिने गरी हेमो—डायलसिस, एचआइभी भाइरल लोड र सिकलसेल एनिमिया सेवा सुरु भएको छ । 

"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वास्थ्य मन्त्रालयको स्वास्थ्य ठीक गर्न आएको छु: स्वास्थ्यमन्त्री

१८ आश्विन २०७३, मंगलवार १२:५९


असोज १८, धनगढी । सेती अञ्चल अस्पताल धनगढीमा आजबाट डायलसिस सेवा दिने गरी हेमो—डायलसिस, एचआइभी भाइरल लोड र सिकलसेल एनिमिया सेवा सुरु भएको छ । 

स्वास्थ्य मन्त्रालय र मानव अङ्ग प्रत्यारोपण केन्द्रको सहयोगमा पहिलोपटक यी सेवा सुरु गरिएको हो । होमो—डायलसिस सेवा किड्नीको उपचारसम्बन्धी सेवा हो । 

यस्तै एचआइभी भाइरल लोड सेवा एचआइभीको आधुनिक जाँच सेवा हो । सिकलसेल एनिमियाका रोगीको उपचारका लागि सिकलसेल एनिमियाको उपचार सेवा सुरु गरिएको हो । यी तीनवटै सेवाका लागि करिब रु तीन करोड ५० लाख मूल्यबराबरका अत्याधुनिक मेसिन उपकरणको व्यवस्थासहित अस्पतालमा सेवा सुरु गरिएको हो । 

स्वास्थ्यमन्त्री गगनकुमार थापाले यी सेवाको आज शुभारम्भ गरे । सो अवसरमा मन्त्री थापाले स्वास्थ्य उपचारका लागि नागरिकले काठमाडौँ वा अन्यत्रै गएर उपचार गर्नु नपर्ने व्यवस्थाका लागि मन्त्रालयले प्रयास गरिरहेको बताए । 

बिरामीको उपचार गर्ने सवालमा अञ्चल अस्पताल मेरुदण्डका रुपमा रहेको भन्दै मन्त्री थापाले भने—“अस्पतालको परिसरमा बिरामी आइसकेपछि उसले उपचारका लागि बाहिर जानुपर्ने अवस्था आउनु हुँदैन । अस्पतालमा दक्ष जनशक्ति र आवश्यक उपकरणको व्यवस्था गर्ने प्रयास भइरहेको उनले बताए । 

मन्त्रालयमा भएको बजेट खर्च हुन नसक्ने यसअघिको अवस्थालाई तोड्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भने—“म स्वास्थ्य मन्त्रालयको स्वास्थ्य ठीक गर्न आएको हुँ ।” 

समारोहमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सूर्यबहादुर गुरुङ र अस्पताल विकास समितिका अध्यक्ष यज्ञराज पाण्डेयले अस्पतालले पु¥याएको सेवासुविधा र थप्नुपर्ने अन्य उपचार सेवा र पूर्वाधारका विषयमा बोलेका थिए । 

विसं २०४० मा अञ्चल अस्पताल बनेको १५० श्ययाको सेती अञ्चल अस्पतालमा पछिल्लो केही महिनादेखि आइसियु (सघन उपचार कक्ष) सेवासमेत सञ्चालनमा आएको छ । अस्पतालमा १९ जनाको दरबन्दी रहेकामा दरबन्दीअनुसारका चिकित्सक नभएको एवम् दक्ष चिकित्सकको अभाव रहेको कारण उपचार सेवा प्रभावकारी र गुणस्तरीय हुन सकिरहेको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का