असोज १८, भक्तपुर । रक्षामन्त्री बालकृष्ण खाँडले देशको प्रतिरक्षा नीति निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ । 

रफत सञ्चार क्लबले आज भक्तपुरमा आयो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १८, भक्तपुर । रक्षामन्त्री बालकृष्ण खाँडले देशको प्रतिरक्षा नीति निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ । 

रफत सञ्चार क्लबले आज भक्तपुरमा आयो"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार देशको प्रतिरक्षा नीति निर्माण गर्दैछ: रक्षामन्त्री

१८ आश्विन २०७३, मंगलवार १३:०३

असोज १८, भक्तपुर । रक्षामन्त्री बालकृष्ण खाँडले देशको प्रतिरक्षा नीति निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ । 

रफत सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले नेपाली भूमि कुनै पनि मुलुकको विरुद्ध प्रयोग गर्न नदिनका लागि यस्तो नीति आवश्यक भएको बताउनुभएको हो । 

देशको वर्तमान सुरक्षा नीति परिमार्जनको तयारी भइरहेको बताउँदै रक्षामन्त्री खाँडले देशको सुरक्षा अवस्थालाई मजबुद पार्न सुरक्षा नीति परिमार्जनको तयारी भइरहेको बताउनुभयो । 

उहाँले नेपाल सार्क मुलुकको अध्यक्षको नाताले द्वन्द्वको अन्त्य गर्दै शीघ्र सार्क सम्मेलन गर्न प्रयासरत रहेको उल्लेख गर्नुभयो । 

देश सङ्घीय स्वरुपमा गइसकेको अवस्थामा नेपाली सेनाले आफूलाई सङ्घीय ढाँचाअनुसार पुनःसंरचना गर्ने कार्यलाई तीव्रता दिइरहेको मन्त्री खाँडले बताउनुभयो । 

राजनीतिक प्रसङ्गमा उहाँले तोकिएकै समयमा तीनै तहको निर्वाचन गर्न प्रमुख दलबीच सहमतिका लागि संवाद भइरहेको र दसैँ–तिहारपछि छलफललाई मूर्तरुप दिँदै संविधान संशोधन विधेयक संसद्मा प्रस्तुत गर्ने तयारी भइरहेको बताउनुभयो । 

उहाँले संविधान संशोधनपश्चात् मधेसी दललाई सहमतिमा ल्याएर संविधानको कार्यान्वयनमा सहजता ल्याउने र तोकिएकै समयमा निर्वाचनको वातावरण तयार हुने समेत दाबी गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का