असोज १९, धनगढी । स्वास्थ्य मन्त्री गगनकुमार थापाले अनशनमा बसिरहेकाप्राध्यापक डा गोविन्द केसीको जीवनरक्षाका निम्ति सहयोग गर्न सांसदहरुसँग आग्रह गरेका छन् । 
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १९, धनगढी । स्वास्थ्य मन्त्री गगनकुमार थापाले अनशनमा बसिरहेकाप्राध्यापक डा गोविन्द केसीको जीवनरक्षाका निम्ति सहयोग गर्न सांसदहरुसँग आग्रह गरेका छन् । 
<"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डा. केसीको जीवन रक्षाका लागि सहयोग गर्नुपर्छ: मन्त्री थापा

१९ आश्विन २०७३, बुधबार ०६:०८

असोज १९, धनगढी । स्वास्थ्य मन्त्री गगनकुमार थापाले अनशनमा बसिरहेकाप्राध्यापक डा गोविन्द केसीको जीवनरक्षाका निम्ति सहयोग गर्न सांसदहरुसँग आग्रह गरेका छन् । 

बुधबार आयोजित पत्रकारसम्मेलनमा नेपाली काँग्रेसका युवानेतासमेत रहेका मन्त्री थापाले स्वास्थ्य मन्त्रालयभित्र गलत कुरा हुन नदिने भनेर आफूले डा केसीसँग अनशनमा नबसिदिन आग्रह गरेको स्मरण गराए । 

मन्त्री थापाले भने—“त्रिभुवन विश्वविद्यालयको डिनको नियुक्तिको विषय टुङ्गिन सकेमा डा केसीको अनशन अन्त्य हुन सक्छ ।” एक प्रश्नमा उनले सरकारले संवैधानिक निकायका प्रमुखविरुद्ध महाअभियोग लगाउन नमिल्ने र चाहेर पनि केही नहुने बताउँदै डा केसीले उठाएका मागको पक्षमा सांसदका रुपमा आफ्नो समर्थन भने रहेको  दोहर्याए । 

“यो विषयमा छलफल चलाउनुपर्छ भनेर आफूले संसद्मा बोलेको हो, तर आज आफू फरक क्षमतामा छु”, मन्त्री थापाले भने । स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै त्रिविवि शिक्षण अस्पतालका प्राध्यापक डा गोविन्द केसी हाल अनशन बसेको आज १० औ दिन भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का