असोज १९, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउन प्रचारमुखी नभई परिवर्तनमुखी हुनुपर्ने बताएका छन् ।

चाइल्ड नेपाल संस्थाको राष्ट्रिय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १९, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउन प्रचारमुखी नभई परिवर्तनमुखी हुनुपर्ने बताएका छन् ।

चाइल्ड नेपाल संस्थाको राष्ट्रिय"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देश बनाउन प्रचार होइन परिवर्तनमुखी हुनुपर्छ: ओली

१९ आश्विन २०७३, बुधबार ०९:३७

असोज १९, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउन प्रचारमुखी नभई परिवर्तनमुखी हुनुपर्ने बताएका छन् ।

चाइल्ड नेपाल संस्थाको राष्ट्रिय बालअधिकार सम्मान, १२ औं साधारणसभा तथा सामाजिक लेखा परीक्षणको आज यहाँ उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री ओलीले मुलुक बनाउन हरेक ठाउँ र क्षेत्रबाट सबैले हातमा हात मिलाउनुपर्नेमा जोड दिँदै प्रचारमुखी भन्दा परिवर्तनमुखी भएर काम गर्न आह्वान गरेका हुन् । 

बाल अधिकारको संरक्षणका लागि सरकारको मात्र नभई संस्थागत र व्यक्तिगतबाट योगदान हुनुपर्ने पनि उनले बताए । कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रिय बालअधिकार सम्मान प्रारम्भिक बाल विकासका अभियानकर्ता अगाथा थापालाई प्रदान गरे । थापाले सेतो गुराँस बाल विकास संस्थाका माध्यममा यस क्षेत्रमा दिएको योगदानको कदर गर्दै दिइएको सम्मानका साथ रु २५ हजार राशि रहेको छ ।

नेकपा एमालेका सांसद रामेश्वर फुयाँलले संसद्मा रहेर प्रारम्भिक बाल विकासका पक्षमा विगतमा पनि आफूहरुले काम गरेको बताउँदै संविधानको मौलिक हकमा व्यवस्था गरिएको बालअधिकार कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका कार्यबाहक अध्यक्ष प्रकाश वस्तीले चाइल्ड नेपालले बालबालिकाका लागि सञ्चालन गर्ने ‘माया हाम्रो अधिकार’ अभियानको शुभारम्भ गरेका थिए ।

मानवअधिकारवादी गौरी प्रधानले नेपालको बालअधिकार आन्दोलन विश्वमा बालअधिकार महासन्धि लागू हुनुभन्दा अघिको भएको बताउँदै प्राथमिक तहमा विद्यार्थी भर्नादर बढेपनि कक्षा १० सम्म पुग्दा ५० प्रतिशत बालबालिका पनि विद्यालयमा टिक्न नसक्नु बिडम्बना भएको बताएका थिए ।

बाल अधिकार र बालबालिका शान्ति क्षेत्र संरक्षणका लागि संस्थाले १२ वर्षदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा सामाजिक अनुगमन, पैरवी, क्षमता वृद्धि, विद्यालयमा सहयोगजस्ता गतिविधि सञ्चालन गरिरहेको संस्थाका अध्यक्ष कुष्ण सुवेदीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का