असोज २२, भक्तपुर | नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले निर्धारण गरेको समयसीमाभित्रै तीन तहकै निर्वाचन सम्पन्न हुने बताउनुभएको छ । 

नेपाली "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज २२, भक्तपुर | नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले निर्धारण गरेको समयसीमाभित्रै तीन तहकै निर्वाचन सम्पन्न हुने बताउनुभएको छ । 

नेपाली "/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समयसीमाभित्रै तीन तहकै निर्वाचन हुन्छः सभापति देउवा

२२ आश्विन २०७३, शनिबार १०:३८


असोज २२, भक्तपुर | नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले निर्धारण गरेको समयसीमाभित्रै तीन तहकै निर्वाचन सम्पन्न हुने बताउनुभएको छ । 

नेपाली काँग्रेस मध्यपुरथिमि नगरसमितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान एवम् सम्मान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । 

सभापति देउवाले भन्नुभयो – “संविधानले निर्धारण गरेको समयसीमाभित्रै स्थानीय निकाय, प्रदेश र संसद् एवम् प्रतिनिधिसभाको निर्वाचन हुन्छ, यसमा कसैले शङ्का गर्नु पर्दैन, यो जिम्मेवारीलाई नेपाली काँग्रेसले पूरा गर्छ ।” 

उहाँले देशको समृद्धिका लागि सबै निर्वाचनमा नेपाली काँग्रेसको बहुमत आउनुपर्ने दाबी गर्दै निर्वाचनको तयारीमा जुट्न काँग्रेस कार्यकर्तालाई निर्देशन पनि दिनुभयो । 

सो अवसरमा सांसदद्वय रामेश्वर ढुङ्गेल र डा मनमोहन भट्टराई, नेपाली काँग्रेस भक्तपुर सभापति दुर्लभ थापा, नेविसङ्घ अध्यक्ष नैनसिंह महर, नेपाली काँग्रेस मध्यपुर सभापति सुरेन्द्र श्रेष्ठलगायतले समयमै निर्वाचन सम्पन्न गरेर पार्टीले आफ्नो जिम्मेवारी पूरा गर्न अग्रसर हुनुपर्ने बताउनुभयो । 

कार्यक्रममा २०४२ सालमा काँग्रेसले सुरु गरेको सत्याग्रह आन्दोलनमा मध्यपुरथिमि क्षेत्रबाट सहभागी भएर सत्याग्रह गर्ने २७ जना काँग्रेस सदस्यलाई देउवाले सम्मानपत्रद्वारा सम्मान गर्नुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का