2026-07-09 10:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रचण्डको गुनासो : राम्रो काम गर्दा पनि सरकारविरुद्ध घेराबन्दी भयो, बदनाम गर्न खोजियो

मङ्सिर २५, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रो काम गर्दा गर्दै पनि सरकारविरुद्ध चौतर्फी घेराबन्दी गरिएको बताएका छन्।

सोमबार मध्यान्ह नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टरको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सरकारले प्रयास गरिरहेको बताए।

‘शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने प्रयासमा सरकार लागिरहेको छ। सरकारविरुद्ध अर्को ठाउँबाट प्रहार हुँदैछ’, उनले भने, ‘सरकारका राम्रा काम लुकाएर बदनाम गर्न खोजिँदैछ, आक्रमण गरिँदैछ।’

दाहालले राष्ट्र र जनताका पक्षमा काम गर्न सकिने अवसर रहेको बताउँदै अर्थतन्त्रमा पनि सुधार हुँदै गएको बताए।

‘अर्थतन्त्र सुधार हुँदैछ। राष्ट्र बैंकको मौद्रिक नीति समीक्षाले सुधारको संकेत देखाएको छ’, उनले भने, ‘जतिसुकै घेराबन्दी भए पनि राष्ट्र र जनताप्रति इमान्दार हुँदा कसैको केही लाग्ने रहेनछ। अब विकास निर्माणका काममा पनि परिणाम देखिँदै जान्छ। सरकारको तर्फबाट हुन सक्ने र गर्न सक्ने काम गरिँदैछ, गर्दै जान्छौँ।’

दाहालले प्रतिक्रियावादी र अवसरवादीलाई अहिलेको सुधार मन नपरेको बताए।  छैन। ‘नोकरशाही र दलालहरूलाई यी कुरा मन परेका छैनन्। हाम्रो लडाइँ टुंगिएको छैन’, उनले भने, ‘हामी सुधारको प्रयासमा छौँ। लोकतन्त्र र अहिलेको व्यवस्था बलियो बनाएर प्रतिक्रियावादीहरूलाई टाउको उठाउन दिँदैनौँ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो