असोज २९, वालिङ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मुलुकको समस्या समाधानका लागि काँग्रेस गम्भीर रहेको बताउनुभएको छ । 

काँग्रेस स्याङ्जा क्षेत्र नं "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज २९, वालिङ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मुलुकको समस्या समाधानका लागि काँग्रेस गम्भीर रहेको बताउनुभएको छ । 

काँग्रेस स्याङ्जा क्षेत्र नं "/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समस्या समाधानका लागि काँग्रेस गम्भीर छः नेता सिंह

२९ आश्विन २०७३, शनिबार ११:२४

असोज २९, वालिङ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मुलुकको समस्या समाधानका लागि काँग्रेस गम्भीर रहेको बताउनुभएको छ । 

काँग्रेस स्याङ्जा क्षेत्र नं ३ को पार्टी कार्यालयको आज गल्याङमा उद्घाटन गर्दै उहाँले संविधानमा केही कमजोरी रहेकाले यसलाई सबै दलको सहमतिमा संशोधन गरेर तराई मधेसको समस्या समाधान गरिने बताउनुभयो । 

नेता सिंहले “नेपाली काँग्रेसको नेतृत्वमा संविधान जारी भएका हुनाले यसको कार्यान्वयनमा पनि काँग्रेसले जिम्मेवारी लिनुपर्छ” भन्दै “संविधानको कार्यान्वयनमा देखिएका जटिलतालाई आन्दोलन भन्दा पनि वार्ताबाट निकास दिनु अहिलेको आवश्यकता हो बताउनुभयो ।” 

संविधान संशोधनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सहित अन्य दललाई पनि साथमा लिएर जानुपर्नेमा जोड दिदै उहाँले काँग्रेसले सरकार परिवर्तनलाई भन्दा पनि जनताका चाहना र आवश्यकता बुझ्नतर्फ लाग्नुपर्ने भन्नुभयो । 

पार्टीका महाधिवेशनका समयमा जे–जस्तो भए पनि अब भने सबै नेता कार्यकर्ता एकजुट भएर पार्टी सुदृढिकरणतर्फ लाग्नुपर्ने र पार्टीभित्र नमिलेका केही विषयलाई कात्तिक ४ गते बस्ने पार्टीको केन्द्रीय बैठकमा आफूले उठाउने प्रतिवद्धता पनि नेता सिंहले व्यक्त गर्नुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का