2026-07-09 10:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सरकारले अर्को नयाँ काण्ड आउला कि भनेर डर लागिरहेको छ : महामन्त्री थापा

मङ्सिर ३०, काठमाडौं | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अचेल आफ्ना कुराहरू सामाजिक सञ्जालबाट भिडियो फुटेजमार्फत प्रस्तुत गर्न थालेका छन् ।

तीन दिन अघि उच्च शिक्षामा भएको दलीयकरण र भागबन्डाको विरोधमा बोलेका थापाले शनिबार स्टक एक्सचेन्जमा सरकारले एउटा नयाँ काण्ड गराउला कि भनेर आफूलाई डर लागिरहेको बताएका छन् ।

नयाँ स्टक एक्सचेन्जको अनुमतिपत्र (लाइसेन्स) बाँड्ने निर्णय गरेर सरकारले अर्को भ्रष्टाचारको काण्ड घटाउन लागेको भन्दै महामन्त्री थापाले त्यसलाई रोक्न सरकारसँग माग गरेका छन् ।

थापा भन्छन्, ‘एकपछि अर्को काण्ड हामीले बेहोर्दै आएका छौं, फेरि अर्को नयाँ काण्ड सरकारले गराउला कि भनेर मलाई चाहिँ डर लागिरहेको छ ।’

थापाले भनेका छन्, ‘पुँजी बजारको अवस्था र आवश्यकताबारे थप अध्ययन भएर आवश्यकता पहिचान नभएसम्म यो अनुमति दिने प्रक्रिया रोकिनुपर्छ । सरकारले कुरा सुशासनका गर्ने, काम कुशासनका गर्ने गर्न मिल्दैन । हामीले यो कुरा प्रधानमन्त्रीज्यू लाई भेटेरै भनेका छौँ र सार्वजनिकरूपमा पनि खबरदारी गराउन चाहन्छौँ ।’

थापाले सरकारलाई चेतावनी दिँदै भनेका छन्, ‘सरकारबाट यो निर्णय भयो भने प्रतिरोध हुन्छ हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो