2026-07-09 10:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आजदेखि नारायणगढ–बुटवल सडक खण्डमा पैदल यात्रा गर्दै रास्वपा

पुस ९, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबारबाट चितवनको नारायणगढदेखि बुटवलसम्म दबाब यात्रा आयोजना गर्ने भएको छ । 

आइतबार रास्व्पाका सभापति रवि लामिछानेले सोमबारदेखि ३ दिनसम्म दबाब यात्रा आयोजना गर्ने जानकारी दिएका हुन् । ‘रास्वपाको दबाब यात्रा’ नाम दिइएको सो अभियान सोमबार बिहान ९ बजे गैँडाकोट पुल्चोकबाट सुरु हुने जनाइएको छ । 


११३ किलोमिटर दूरी पार गर्ने गरी सुरु भएको सो दबाब अभियानको उद्देश्य पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र यात्राका क्रममा नागरिकले खेप्नुपरेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउनु रहेको सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । 

सो यात्रामा रास्वपाका नेता र सांसदहरू समेत सहभागी हुने जनाइएको छ । यात्राका क्रममा सडकको दायाँबायाँ बस्ती छिरेर वा निश्चित ठाउँमा भेला भएर स्थानीयवासीसँग अन्तरक्रिया गर्ने चाहाना हुँदाहुँदै पनि यो पटक समय छुट्याउन असमर्थ भएको सभापति लामिछानेले बताएका छन् ।

उनले यात्राका क्रममा बिच बिचमा स्वागत वा अन्य कार्यक्रम नराख्न समेत अनुरोध गरेका छन् । सभापति लामिछानेले भनेका छन्, ‘हाम्रो उद्देश्य साङ्केतिक रूपमा सरकारको ध्यानाकर्षण गराउनु हो । र, सवारी साधनको आवतजावतमा कुनै अवरोध नहोस् भन्नेमा पनि हामी सचेत छौँ ।’ 

सभापति लामिछानेले दबाब यात्रामा साथ दिन आउने कसैले पनि झन्डा, लोगो, टिसर्ट लगायत पार्टी सम्बद्ध कुनै पनि वस्तु प्रयोग नगरिदिन समेत आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो