Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भिजिट भिसामा सेटिङ: वायु सेवा निगम र नेपाल एअर लाइन्सका कर्मचारीसहित थप १० जनाविरुद्ध मुद्दा

२०८०, ११ पुष बुधबार ०७:२१

पुस ९, काठमाडौँ | नक्कली कागजात बनाएर भिजिट भिसाका नाममा हुने गरेको मानव तस्करीमा संलग्न भएको आरोपमा थप १० जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा थप १० जनाविरुद्ध लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ। 

पछिल्लो पटक वायु सेवा निगमका कर्मचारीदेखि नेपाल एअर लाइन्सका कर्मचारीसम्म गरी १० जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरिएको छ। मुद्दा दर्ता गरिएका १० जना मध्ये २ जना भने फरार प्रतिवादी छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली कागजातको आधारमा भिजिट भिसामा विभिन्न देशमा मान्छे पठाउने गरको आरोपमा सरकारी कर्मचारीदेखि विभिन्न ट्राभल एजेन्सीका सञ्चालकसम्मलाई पक्राउ गरेर थप अनुसन्धान तथा कारबाहीका लागि भन्दै जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको थियो। परिसर काठमाडौंले थप अनुसन्धान गरेर मुद्दा चलाउन सिफारिस गरेसँगै सरकारी वकिल कार्यालयहरु उनीहरुविरुद्ध लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ।

पछिल्लो पटक मुद्दा दर्ता हुनेहरुमा नेपाल एअर लाइन्सको छैटौं तहमा कार्यरत कर्मचारी होमनाथ पोख्रेल, नेपाल वायु सेवा निगमको वरिष्ठ सहायक पदमा कार्यरत कर्मचारी अरबिन्द यादव, बत्तिसपुतलीको ओन्टा ट्रिप अनलाइन ट्राभल्स एजेन्सी प्रालिका सञ्चालक मनुराज चौधरी, एटभिका ट्राभल्स एण्ड टुर्सका सञ्चालक बुद्धबहादुर बल, एटभिकाका अर्का सञ्चालक तथा गुण एअर लाइन्सको सिमरा एअरपोर्ट बाराका स्टेशन म्यानेजर कमलराज हमाल, रोलेक्स ट्राभल्स एण्ड टुर्सका सञ्चालक देवराज खनाल, सोही ट्राभल्सका कर्मचारी राजकिशोर साह, अर्का कर्मचारी सञ्जय तामाङलाई पक्राउ गरी अनुसन्धान गरेर मुद्दा दायर गरिएको छ।

सुशील तामाङ र सोनु तामाङ नाम गरेका व्यक्तिलाई भने फरार प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ। योसँगै नक्कली कागजताको आधारमा भिजिट भिसाका नाममा हुने मानव तस्करीमा संलग्न भएको आरोपमा मुद्दा दर्ता हुनेको संख्या २२ पुगेको छ। यसअघि ९ जना पक्राउ प्रतिवादी र ३ जना फरार प्रतिवादी गरी १२ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५ घर भइ हाल विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना तथा समन्वय शाखामा कार्यरत शाखा अधिकृत ताराबहादुर कुँवरसहित ३ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो। उनी किरिया बसेकाले फरार प्रतिवादी बनाइएको प्रहरीले जनाएको थियो।

अहिलेसम्म मुद्दा दर्ता गरिएका सबैविरुद्ध लिखतसम्बन्धीका कसुर लगाइएको छ। मुलुकी फौजदारी अपराध संहिताको दफा २७६ अनुसार कारबाहीको मागदाबी गरिएको छ। जसअनुसार सरकारी तथा सार्वजनिक लिखत कीर्ते गर्नेलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

भिजिट भिसामा विदेश जाने व्यक्तिहरुका शंकास्पद कागजातहरु देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी सुरक्षा कार्यालयले अनुसन्धानका लागि भन्दै अपराध अनुसन्धान कार्यालयमा सुरुमा १ हजार ३२ थान कागजात पठाएको थियो।

ती कागजात भेरिफाइ गर्ने क्रममा नक्कली भेटिएपछि नक्कली कागजात बनाउने र सेटिङमा विदेश पठाउने गिरोहमाथि प्रहरी अपरेशन चलाएको थियो। यो प्रकरणमा अहिलेसम्म ३५ जना पक्राउ परिसकेका छन्।

नक्कली प्रहरी रिपोर्ट, नक्कली श्रम स्वीकृत, प्लस टुको सर्टिफिकेट, नक्कली नाता प्रमाणित कागजातहरु, कोभिडको नक्कली रिपोर्ट, नक्कली बैंक स्टेटमेन्ट, लगागतका कागजातहरु नक्कली बनाएर गिरोहले सेटिङमा भिजिट भिसामा विदेश पठाउने गरेको थियो।

यो गिरोह विदेश जान चाहनेहरुसँग सम्पर्क गरी कुन–कुन कागजात चाहिने रहेछ भन्दै बुझ्ने। त्यसपछि कागजात बनाउन लाग्ने रकमदेखि टिकट बुकिङ र होटल बुकिङको काम गर्ने गरेको खुलेको छ। नक्कली कागजातको आधारमा भिजिट भिसामा मान्छे पठाउँदा अध्यागमनका कर्मचारी बाधक बन्नसक्ने भन्दै उनीहरुलाई व्यक्ति ५० हजार रुपैयाँसम्म गिरोहले बुझाउने गरेका थिए।

त्यसैगरी विमानस्थलमा खटिएका प्रहरी, नेपाल वायु सेवा निगमका कर्मचारी, नेपाल एअरलाइनसका कर्मचारीसम्मलाई घुस खुवाउने गरेको पाइएपछि उनीहरुलाई समेत प्रतिवादी बनाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली