2026-07-09 08:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्री प्रचण्डको आशंका- बालकुमारी घटना गणतन्त्रविरुद्धको डिजाइन हुनसक्छ

पुस १६, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटना गणतन्त्रविरुद्धको डिजाइन हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले त्यो घटनामा बाहिर देखे जस्तो चिजभित्र नभएको बताए ।

प्रधानमन्त्री प्रचण्डको भनाइः

अस्तिको घटनाको कसैले पूर्वानुमान गर्नसक्ने अवस्था थिएन । म त्यो दिन पूर्वनिर्धारित कार्यक्रममा दोलखामा थिएँ । आउँदाआउँदै थाहा पाएँ । केही चिज गम्भीर लागेको छ । यो सामान्य छैन । दुई युवाको जस्तो परिवेशमा जसरी हत्या भएको छ । ईपीएसमा जे जस्ता गतिविधि भएका छन् । गाडी जलाउने गतिविधि छ । यो थिङ्स आर नट ह्वाट दे सीम भनेको जस्तो छ । चिज त्यस्तो छैन जस्तो देखिएको छ । त्योभित्र अर्कै केही छ भन्ने मैले अनुभूत गरेको छु ।

यो कहीं लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन कतै छैन भन्ने यो प्रमाणित होइन तर त्यसैले मैले घटनामा संलग्नलाई निलम्बन गरेर उच्चस्तरीय छानबिन गर्नुपर्छ भनेर समिति गठन गरेको छु । मृतकको परिवारलाई समेत बोलाएर गम्भीर समीक्षा गरिएको छ । गाडीभित्रै मन्त्रीलाई पनि जलाउनुपर्थ्यो छोडेछन् भन्ने भाष्य के भाष्य हो यो ?

आज मैले एउटा न्यूज हेरेर तीन वटाको टाउको शेरबहादुरजी केपीजी र मेरो । यी टाउको काटे २०÷२० लाख दिने प्रचार भइरहेको छ । के हो भाषा हो यो ? के संस्कार हो यो ? जनतालाई निराशा बाँड्ने, अँध्यारो देखाउने, अँध्यारोबाहेक केही छैन भन्ने भाष्य स्थापित गर्नेहरू राष्ट्रवादी हुन सक्दैन । जनतालाई आशा देखाउन सक्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो