Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रेमी विष्णु सापकोटासँग एलिना चौहानको ब्रेकअप

२०८०, ८ माघ सोमबार ०८:३८

माघ ८, काठमाडौं | ‘धोकेबाज गायिका’ को उपमा पाएकी एलिना चौहानले निजी जीवनमा आफैँ धोका खाएकी छन् । प्रेमी विष्णु सापकोटासँग उनको ब्रेकअप भएको छ ।

अष्ट्रेलियामा बस्ने विष्णुसँग एलिनाको प्रेम ठीक एक वर्ष अगाडि सार्वजनिक भएको थियो । गत वर्षको तिजमा सांगीतिक प्रस्तुतिका लागि एलिना अष्ट्रेलिया जाँदा विष्णुलाई भेटेकी थिइन् ।

त्यसपछि उनीहरू प्रेममा परेका थिए । त्यसको ६ महिनापछाडि उनीहरूको अफेयर मिडियामा आयो । एलिनाले पनि यसको खुला स्वीकारोक्ति गरेकी थिइन् । एलिना र विष्णुले पटक–पटक फेसबुक लाइभमा सँगै आएर आफूहरूको प्रेम उजागर गरेका थिए ।


एलिनाले विष्णुसँग विवाहको योजनासमेत बुनिरहेकी थिइन् । यही वर्षको मंसिर विवाह हुन सक्ने उनी आफ्ना साथीहरूलाई बताउने गर्थिन् । तर, अहिले उनको प्रेम टुटेको निकट स्रोतले बतायो ।

विष्णुले केही समयदेखि एलिनालाई मानसिक तनाव दिइरहेको स्रोतको दाबी छ । आफ्नो चरित्रमाथि नै विभिन्न प्रश्न उठाउने, फोनमा भद्दा गालीगलौज गर्ने र परिवारका सदस्यका विषयमा समेत नचाहिँदा कुरा गर्न थालेपछि एलिना आजित बनेकी थिइन् । अन्ततः उनले अलग्गिने निर्णय लिइन् । भित्रैबाट टुटेकी एलिना अहिले सांगीतिक कार्यक्रमहरुमा आफूलाई व्यस्त राखिरहेकी छन् ।

स्रोतका अनुसार विष्णु एलिनाभन्दा अघि कला क्षेत्रकै विभिन्न युवतीहरुसँग अफेयरमा थिए । पछिल्लोपटक एक चर्चित म्युजिक भिडियो मोडलसँग उनको निकटता थियो । ती मोडलसँग ब्रेक अप नभइ उनी एलिनासँग नजिकिएका थिए ।

एलिनाले पनि विष्णुको प्रेममा डुबेपछि उनको ब्याकग्राउण्डलाई महत्त्व दिइनन् । यद्यपि, विष्णुलाई नजिकबाट चिन्नेहरूले उनीहरूको प्रेम धेरै नटिक्ने आङ्कलन पहिल्यै गरेका थिए ।

चर्चाको लागि मात्रै विष्णुले एलिनालाई प्रयोग गरेको उनीहरूको अनुमान थियो ।

जादुमयी स्वरकी धनी एलिना अहिले सबैभन्दा डिमान्डेड गायिकामा पर्छिन् । ‘धोकेबाज हौ तिमी’ बोलको गीतले उनलाई चर्चाको शिखरमा पुर्‍याएको छ । यही गीतका कारण देश तथा विदेशका स्टेज शोहरुमा उनको चर्को माग छ ।

विष्णु भने लोकदोहोरी प्रतिष्ठाको अष्ट्रेलिया शाखाका अध्यक्ष हुन् । उनी गीत पनि गाउँछन् । प्रेममा परेपछि विष्णुले नेपाल आएर एलिनासँग एउटा युगल गीत रेकर्ड गराएका थिए तर खासै चलेन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली