शुक्रबा"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

शुक्रबा"/>

२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बाबुको किरिया बसिन् एमाले नेत्री उषाकला राई

२०८०, १२ माघ शुक्रबार ११:५५

माघ १२, काठमाडौँ | एमाले नेत्री उषाकला राई बाबुको किरियामा बसेकी छिन्।

उनका पिता रुद्र राईको बिहीबार साँझ ८७ वर्षको उमेरमा निधन भएको थियो।


शुक्रबार पशुपति आर्यघाटमा अन्त्यष्टि गरेसँगै राईकी एक्ली छोरी उषाकला किरियामा बसेकी हुन्। उनी कपाल मुण्डन गरेर किरिया बसेकी हुन्।

पूर्वमन्त्री समेत रहेका एमाले नेता शेरबहादुर तामाङ उषाका पति हुन्। उनका अनुसार उषाकला घरमै किरियापुत्री बसेकी हुन्।

किरियाको १३ मध्ये ६ दिन काठमाडौँमा बाँकी ७ दिनको संस्कार गृहजिल्ला खोटाङमा हुनेछ। पाँच वर्षअघि आमा लक्ष्मी राईको निधन हुँदा पनि राई कपाल मुण्डन गरेरै किरियामा बसेकी थिइन्।

पिता राईको जन्म वि.स. १९९३ मा खोटाङको खाल्ले सेरामा भएको थियो। उनी सुरुवाती दिनदेखि नै पुष्पलालसँग सम्पर्कमा पुगेर कम्युनिष्ट आन्दोलनमा सहभागी हुँदै आएका थिए।

पुष्पलाल समूहको सदस्य लिई भूमिगत राजनीति सुरु गरेका राई पञ्चायतकालमा प्रधानपञ्च, बहुदल आएपछि २०४७ सालमा एमालेको पहिलो खोटाङ जिल्ला सचिवका रुपमा २०४७ सालमा काम गरेका थिए।

उनी २०५४ सालमा खाल्ले गाविसको गाविस अध्यक्ष निर्वाचित भएको तामाङले जानकारी दिए। खानिडाँडा विमानस्थल बनाउन उनको परिवारले निशुल्क जग्गा दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली