2026-07-09 07:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अरुण चौधरी पक्राउ परेलगत्तै शशांकले भने : प्रचण्ड असफल भए, माधव नेपाललाई प्रधानमन्त्री बनाऔं

माघ १८, काठमाडौँ | नेपाली कांग्रेसका सांसदसमेत रहेका नेपालका एकमात्र अर्वपति विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेपछि कांग्रेसका पूर्व महामन्त्री तथा सांसद शशांक कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले नेतृत्व गरेको अहिलेको सरकार असफल भएको र अब माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन् ।


गृहजिल्लामा रहेका कोइरालाले एक्कासी माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने आवाज उठाएका हुन् । अहिले कांग्रेससहितको गठबन्धनको सरकार छ । सरकारको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेका छन् । कांग्रेसका अरु नेताहरुले आफ्नो दलको नेतृत्वमा सरकार बनाउनुपर्ने आवाज उठाएको बेला शशांकले भने माधव नेपालको नेतृत्वमा सरकार बनाउनुपर्ने आवाज उठाएका हुन् ।

उनको यो अभिव्यक्ति आफ्ना मित्र विनोद चौधरीको भाइ पक्राउ परेलगत्तै आएको हो । उनले सम्बोधनको क्रममा भनेका छन्–‘प्रधानमन्त्री आफैं सरकारको कामकारबाहीबाट सन्तुष्ट हुनुहुन्न, त्यो भनेको प्रचण्डको सरकार असफल छ भन्ने हो । अब ढिला नगरी पूर्व सहमतिअनुसार माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो