2026-07-09 07:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

काका पक्राउ परेपछि सीआईबी पुगे राष्ट्रपतिका सल्लाहकार थापा

माघ १८, काठमाडौँ | बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी सरकारी जग्गा हडपेको प्रकरणमा पक्राउ परेका अजितनारायण थापालाई भेट्न राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिल थापा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पुगेका छन्। 

राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार थापा बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका काका अजितनारायण थापालाई भेट्न पुगेका हुन्। 


बाँसबारीको सरकारी जग्गा हिनामिना प्रकरणमा व्यापारी अरुण चौधरी र थापालाई पक्राउ गरेर सीआईबीले अदालतमा उपस्थित गराइसकेको छ। 

बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा निजी कम्पनीमा लैजाने गरी निर्णय गर्दा थापा तत्कालीन अवस्थामा कार्यकारी प्रमुख थिए।

धनकुटाको मुगा घर भएका अजित सुनिलका काका हुन्। उनै काकालाई भेट्न पुगेका सल्लाहकार थापा त्यत्तिकै फर्किएका छन्। 

थापाले काकालाई भेट्न गए पनि सीआईबीले अदालत लगिसकेकाले भेट सम्भव नभएको बताएका छन्। 

जग्गा हिनामिना प्रकरणमा प्रहरीले बिहीबार अपरान्ह थप एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुर रहेका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो