Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमाले धादिङ जिल्ला अधिवेशनमा कुटाकुट, एक जनाको हात भाँच्चियो

२०८०, २१ माघ आईतवार ०५:४२

माघ २१, धादिङ | नेकपा (एमाले) को धादिङ जिल्ला अधिवेशनमा कुटाकुट भएको छ । कुटाकुटपछि अधिवेशन नै स्थगित भएको छ । १९ माघबाट सुरु भएको अधिवेशनमा शनिबार कुटाकुट भएको हो ।

शनिबार जिल्ला कमिटीबाट मनोनित गर्ने नामहरूका बारेमा विवाद भएको थियो । विवाद उग्र बन्दै जाँदा कुटाकुटमा परिणत भएको थियो । त्यस क्रममा एक जनाको हातसमेत भाँचिएको छ ।

जिल्ला अधिवेशनमा कुटाकुट भएर कार्यकर्ताको हात भाँचिएपछि एमाले बागमती प्रदेश अध्यक्ष कैलाश प्रसाद ढुंगेलले सम्मेलन स्थगित गरिदिएका छन् । बैठकमा छलफलको माग हुँदाहुँदै जिल्ला अध्यक्षले जबर्जस्ती प्रस्ताव पेस गर्दा झडपको स्थिति सिर्जना भएको ढुंगेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


'जिल्ला कमिटी अध्यक्षबाट प्रस्ताव प्रस्तुत हुँदा बैठकका सहभागीहरूबाट छलफलको माग गर्दैगर्दा जिल्ला कमिटी अध्यक्षले जबर्जस्ती प्रस्ताव पेस गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठक कक्षमा असहज परिस्थिति सिर्जना हुन पुग्यो,' ढुंगेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै ढुंगेलले मर्यादित र विधिसम्मत तरिकाले अधिवेशन सम्पन्न गर्न सम्भव नदेखिएको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन स्थगित गरिदिएका छन् । उनले समस्या समाधान गरी बन्दसत्र सुरु गर्ने पटकपटक प्रयास गर्दा पनि सम्भव नभएको ढुंगेलले जनाएका छन् ।

'पटकपटक वार्ता छलफलबाट समस्या समाधान गरी बन्दसत्र सुचारु गर्ने प्रयास गरियो तर सम्भव भएन र झन्-झन् असान्त, असहज परिस्थिति देखापर्‍यो,' ढुंगेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, 'यो अधिवेशनलाई मर्यादित र विधिसम्मत तरिकाले सम्पन्न गर्न सम्भव नदेखिएकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि यो अधिवेशन स्थगित गरिएको छ ।'

शनिबारको बन्दसत्र सुरु भएदेखि नै अघिल्लो दिनभन्दा बढी असहज र आक्रमक देखिएको ढुंगेलले उल्लेख गरेका छन् । 'माघ २० गते बन्दसत्रको सुरुवातबाट नै अघिल्लो दिनभन्दा बढी असहज, आक्रमक र आतंकित परिस्थिति देखा पर्‍यो । यही क्रममा पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ,' ढुंगेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली