2026-07-09 08:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेकपा एमाले रौतहटको १० औं जिल्ला अधिवेशनमा अध्यक्षका आकंक्षी चार जना

माघ २३, रौतहट | नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनको मिति नजिकिँदै जाँदा चहलपहल समेत बढ्दै जान थालेको छ ।

नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनमा अध्यक्ष लगायत पदाधिकारीमा चुनाव हुने आकलन बढेसँगै एकपछि अर्को गरेर अध्यक्षका उम्मेदवारहरू देखा पर्न थालेका छन् । अध्यक्षको उम्मेदवारमा अखिलेश्वर चौधरी, रुपेश पटेल, सचिदानन्द साह र बवन सिंहले आआफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।


अध्यक्षका उम्मेदवार अखिलेश्वर चौधरीलाई केन्द्रीय सदस्य अजयकुमार गुप्ता र मधेस प्रदेशकी उपसचिव आरती भण्डारीको साथ रहेको छ। स्रोतका अनुसार नेकपा एमालेका केन्द्रीय सदस्य उद्धव रेग्मीको पक्षबाट सचिदानन्द शाहले अध्यक्ष पदमा उम्मेदवारी दिने आकलन गरिएको छ। यता आफूलाई युवाहरूको साथ रहने भन्दै नेकपा एमाले रौतहटका हालका उपसचिव रूपेश कुमार पटेलले पनि अध्यक्षमा आफ्नो उम्मेदवारी रहने दाबी गर्दै आएका छन् । यता नेकपा एमालेका नेता भवन सिंहले पनि आफ्नो अध्यक्षमा उम्मेदवारी रहने भन्दै सामाजिक सञ्जालबाट मत माग्न थालेका छन् ।

करिब ४ सय  मतदाता रहेको नेकपा एमालेको दशौँ जिल्ला अधिवेशनको निर्णायक मत चन्द्रपुर नगरपालिकामा रहेको छ। ४ सय  मध्ये करिब २ सय  मतदाता चन्द्रपुर नगरपालिकामै रहेका कारण चन्द्रपुर नगरपालिकाको मतले नै कुनै पनि उम्मेदवारले अध्यक्षमा विजय हासिल गर्ने आकलन गरिएको छ । अध्यक्ष लगायत अधिकांश पदाधिकारीहरूको ध्यान यतिबेला चन्द्रपुर नगरपालिकामा रहेका प्रतिनिधितर्फ केन्द्रित भएको एक प्रतिनिधिले जानकारी दिएका छन् ।

नेकपा एमाले रौतहटको दशौं जिल्ला अधिवेशनलाई अन्य राजनैतिक दलहरूले समेत गम्भीरताका साथ निहाली रहेका छन् । सर्वसम्मत नहुने अनुमान गरेका अधिकांश उम्मेदवारहरूले यतिबेला प्रतिनिधिहरूसँग आफ्नो लागि मत समेत माग्न थालिसकेका छन् ।

नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनका अध्यक्षका दावेदारहरू कोही यतिबेला प्रतिनिधिको घरघरमा गएर भोट माग्न व्यस्त रहेका छन् भने कोही सामाजिक सञ्जालमै आफूलाई मत दिन आग्रह गरिरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो