Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विवादपछि रोकिएको एमाले धादिङको बन्द सत्र फागुन १ मा

२०८०, २३ माघ मंगलवार १०:४८

माघ २३, काठमाडौँ | विवादपछि आइतबारबाट रोकिएको नेकपा (एमाले) धादिङको नवौँ जिल्ला अधिवेशनको बन्द सत्र फागुन १ गतेबाट सुरु हुने भएको छ ।

अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले मंगलबार दोस्रो विज्ञप्ति जारी गर्दै अवरुद्ध बन्द सत्र आगामी फागुन १ गते सुरु गर्ने जानकारी गराएका हुन् । अध्यक्ष देवकोटाले अधिवेशन सम्पन्न गराउन केन्द्रीय संगठन विभागे आवश्यक सबै कामहरूमा निर्देशन एवं सहजीकरण गर्ने समेत जनाएका छन् ।


‘ २०८० माघ २१ गते देखि सुरु भएको बन्द सत्र आन्तरिक तयारी गर्नुपर्ने भएकोले रोकिँदै आएकोमा २०८० माघ २३ गते एमाले केन्द्रीय संगठन विभागको अधिवेशन स्थगित कारबाही सुरु गर्नेबारे प्राप्त पत्रका आधारमा आगामी फागुन १ गते ११ बजेबाट बन्द सत्र सुरु हुने जानकारी गराउँछु’ देवकोटाले भनेका छन् ।

अधिवेशनका क्रममा विवाद भएर हात हालाहालको अवस्था आएपछि अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेश इन्चार्ज गुरू बराल, अध्यक्ष कैलाश ढुंगेल, अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटा र हालका अध्यक्ष भूमि त्रिपाठीसहितका नेतालाई काठमाडौँ बोलाएर अधिवेशन नरोक्न निर्देशन दिएका थिए ।

एमाले धादिङमा ओलीनिकट दुई गुटको लडाइँले अधिवेशन प्रभावित भएको प्रतिनिधिहरूको भनाइ छ । अध्यक्षमा हालका अध्यक्ष त्रिपाठी र नेता रामकुमार अधिकारी आकांक्षी रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली