ललित बोहरा/०२ कात्तिक डडेल्धुरा | केही दिन यता डडे्ल्धुरामा विभिन्न कार्यक्रमको नामले धर्मान्तरण गर्ने काम भईरहेकाले तत्काल रोक्न राप्रपा नेपाल डडेल्धुराले स्थानीय प्रशासनसंग माग गरेको छ । मंगलवार एक विज्ञपती प्रकाशित गर्दै राप्रपा नेपाल डडेल्धुराले ईसाईहरुले जि"/>
ललित बोहरा/०२ कात्तिक डडेल्धुरा | केही दिन यता डडे्ल्धुरामा विभिन्न कार्यक्रमको नामले धर्मान्तरण गर्ने काम भईरहेकाले तत्काल रोक्न राप्रपा नेपाल डडेल्धुराले स्थानीय प्रशासनसंग माग गरेको छ । मंगलवार एक विज्ञपती प्रकाशित गर्दै राप्रपा नेपाल डडेल्धुराले ईसाईहरुले जिल्ला सदरमुकाम क्षेत्रमा विभिन्न कार्यक्रमको नामले युवाहरुलाई भेला गराई हिन्दु धर्मका विरुद्धमा पाठ पढाईरहेकाले तत्काल रोक्न जिल्ला प्रशासन कार्यालय डडेल्धुरा संग माग गरेको छ । आफ्ना धार्मीक गतिविधि गर्न पाउने अधिकार जो सुकै लाई भएपनि अर्को धर्म प्रति वितृष्णा फैलाउने काम गर्नु संविधान विरोधी भएको समेत विज्ञप्तीमा उल्लेख गरेको छ । सनातन काल देखी चलि आएको हाम्रो वैभव शाली हिन्दु धर्म ,संस्कृत नामेट पार्ने विदेशी र उनका मानसपुत्रहरु गैर धार्मीक गतिविधिहरुको प्रतिकारका लागि एक जुट हुन सम्पुर्ण ओमकार परिवर लाई आग्रह समेत विज्ञप्ती मार्फत गरेको छ । राप्रपा नेपाल डडेल्धुराका अध्यक्ष टेकराज पनेरु द्धारा हस्ताक्षरीत विज्ञप्तीमा पैसाको बलमा लोभ लालच देखाएर धर्म परिर्वतन गर्ने काम भईरहेको उल्लेख गरेको छ ।
साथै विज्ञप्तीमा विभिन्न कार्यक्रमको बहानामा हिन्दु धर्म प्रति गलत प्रचार प्रसार गर्ने काम भईरहेकाले तत्काल रोक्न प्रशासन संग आग्रह गरेको छ । यता ईसाई धमालमीहरुले चर्चमा गरी रहेको युवा भेला आफनो क्षेत्रीय भेला भएको र आफुहरुले कुनै धर्मलाई प्रभाव पर्ने गैरकानुनी काम नगरेको डडेल्धुरा चर्चले जनाएको छ ।