2026-07-09 09:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दुई हजार ६७४ जना सहिद थपिए, राजपत्रमा नाम प्रकाशित (सूचीसहित)

फागुन २५, काठमाडौँ | सरकारकाले नेपालको राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा ज्यान गुमाएका थप दुई हजार ६७४ जना सहिदको नाम राजपत्रमा प्रकाशित गरेको छ ।

विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा ज्यान गुमाउने उनीहरुलाई सम्मान स्वरुप गत पुष २४ गते बसेको मन्त्रिपरिषद् बैठकले सहिद घोषणा गरेकोमा दुई महिनापछि उक्त नामावली गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो ।

प्रकाशित नामावली अनुसार सबैभन्दा बढी कालिकोटमा २७१ जना र दोस्रोमा रोल्पामा ३६९ सहिद रहेका छन् भने सबैभन्दा कम संखुवासभा, लमजुङ, उदयपुर र रसुवामा एक-एक जना मात्रै सहिद रहेका छन् । नेपाली सेनाका तीन जना, सशस्त्र प्रहरी बल नेपालका एक जना पनि सहिदको सूचीमा समेटिएका छन् ।

यस अघि पनि नेकपा (माओवादी केन्द्र)कै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकै सरकारले एक वर्ष अघि गत फागुन २९ गते विभिन्न आन्दोलनमा ज्यान गुमाएका र विभिन्न मितिमा सहिद घोषणा भएका आठ हजार ४६७ जनाको नामावली राजपत्रमा प्रकाशित गरेको थियो ।

दुई पटकमा गरेर प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले ११ हजार १४१ जना विभिन्न आन्दोलनमा ज्यान गुमाएका सहिदको नामावली राजपत्रमा प्रकाशित गरेको छ ।

यस्ताे छ सूची:

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो