Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विश्वासको मतमा नेकपा एसको शर्त- माधव नेपाललाई प्रधानमन्त्री, प्रदेशमा पनि पावर शेयरिङ

२०८०, २९ फाल्गुन मंगलवार ०५:३९

फागुन २९, काठमाडौं | नेकपा एकीकृत समाजवादीले अघिल्लो कांग्रेससहितको गठबन्धनमा भएको समझदारीअनुसार माधव नेपालले कम्तीमा एक वर्ष प्रधानमन्त्री बन्ने लिखित प्रतिबद्धता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग मागेको छ ।

विश्वासको मत दिनुअघि नेकपा एसले माधव नेपालको प्रधानमन्त्री र संघदेखि प्रदेश सरकारसम्म पावर शेयरिङमा लिखित प्रतिवद्धता मागेको हो । यसमा नेकपा एसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको समेत प्रतिवद्धता खोजेको छ ।

नेकपा एसका कार्यालय सचिवसमेत रहेका नेता जीवनराम श्रेष्ठले प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्म ‘पावर शेयरिङ’ हुनुपर्ने विषय पार्टीले अघि सारेको बताए । सचिवालयको म्याण्डेटअनुसार संसदीय दलको बैठकले विश्वासको मतअघि सो प्रतिवद्धता मागेको उनले बताए ।

श्रेष्ठले भने, ‘लिखित प्रतिवद्धता हामीले मागेको हो । एउटा त हाम्रो पार्टीले सुशासन, आर्थिक विकास, राष्ट्रियतालगायतका विषयमा ५ बुँदे शर्त राखेको छ त्यसमा लिखित प्रतिवद्धता मागेका हौं । अर्को कुरा नलुकाई भन्दा प्रधानमन्त्रीदेखि संघ र प्रदेशका सबै संरचनामा पावर शेयरिङ गर्ने लिखित प्रतिबद्धता चाहिन्छ ।’

अहिले नेकपा एमालेको नेतृत्वमा बनेको नयाँ गठबन्धनमा नेकपा एसले पावर शेयरिङ खोज्ने कुरा स्वाभाविक भएको भन्दै श्रेष्ठले ओलीमा विगतका कमजोरीप्रति परिवर्तन आएको हो भने बिस्तारै नेकपा पुनःस्थापनातर्फ पनि कोर्ष जान सक्ने बताए । तर, अहिले पार्टी एकताको विषय आफूहरूले नउठाएको उनको भनाइ छ ।

नेकपा एसले कम्तीमा एउटा प्रदेशको मुख्यमन्त्री र सबै प्रदेश सरकारमा सम्मानजनक सहभागिताको सुनिश्चिता समेत खोजेको छ । कांग्रेसले २ वर्ष प्रधानमन्त्री र आउने चुनावमा कम्तीमा २५ सीट जिताउने ग्यारेन्टी गर्दा पनि वामपन्थी सहकार्यको लागि आफूहरूले त्याग गरेकाले ओली र प्रचण्डबाट लिखित प्रतिबद्धता मागेको नेताहरू बताउँछन् । मौखिकरूपमा माधव नेपालसँग पावर शेयरिङको प्रतिवद्धता जनाए पनि त्यो लिखित हुनुपर्ने श्रेष्ठले बताए 

सरकारमा सहभागी भइसकेको नेकपा एसले विश्वासको मत दिन शर्त अघि सारेपछि सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग माधव नेपालको छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली