Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

को हुन् राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित नारायण दाहाल ?

२०८०, २९ फाल्गुन मंगलवार ०८:०५

फागुन २९, काठमाडौँ | राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहाद प्रचण्डका भाइ हुन् ।

मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा सत्ता गठबन्धनको तर्फबाट गोपी सार्की अछामीले पेस गरेको नारायण दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो । 


उक्त प्रस्तावलाई मतविभाजनमार्फत् निर्णयार्थ प्रस्तुत गरिएको थियो ।  मतविभाजनको परिणामअनुसार बैठकमा उपस्थित सांसदको संख्या ५६ रहेकोमा दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ मत पर्दा विपक्षमा १७ मत परेको हो । 

को हुन् राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित नारायण दाहाल ?

संक्षिप्त चिनारी

नाम                         नारायण प्रसाद दाहाल

जन्म मिति                 २०१२ फागुन १२

जन्म स्थान                ढिकुरपोखरी, लेवाडे, कास्की


स्थायी ठेगाना             भरतपुर महानगरपालिका- १४, चितवन

(२०१९ सालमा कास्कीबाट बसाइँ सरेर चितवन)

माता                           स्व. देउरुपा दाहाल

पिता                             स्व. कुलप्रसाद दाहाल

पत्नी                            दुर्गादेवी दाहाल

छोरी १, छोरा २, नातिनातिनी ६

शिक्षा

२०३६ सालमा स्नातक, शिक्षाशास्त्र संकाय, सानोठिमी क्याम्पस, भक्तपुर

२०३३ सालमा प्रमाणपत्र तह, बीरेन्द्र क्याम्पस, भरतपुर, चितवन

२०३० सालमा एसएलसी, नारायणी विद्यामन्दिर, शिवनगर चितवन  

राजनीतिक जिम्मेवारी

वि.सं. २०२७ सालमा अनेरास्ववियुको सदस्यता लिई विद्यार्थी राजनीतिमा प्रवेश।

वि.सं. २०३१ सालमा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त (पुष्पलाल समूह)। बीरेन्द्र क्याम्पस, चितवनमा पार्टी कमिटीमा आबद्ध।

२०३६ सालदेखि पूर्णकालीन (तत्कालीन चौथो महाधिवेशन)

२०३७ सालदेखि पार्टीको जिम्मेवारी लिएर प्रवासमा। अखिल भारत नेपाली एकता समाजको केन्द्रीय सदस्य, सहसचिव हुँदै कोषाध्यक्ष। पार्टीको गोरखपुर जिल्ला कमिटी सेक्रेटरी।

२०४२ सालमा अखिल भारत नेपाली एकता समाजको महासचिव।

२०४५ सालमा अखिल भारत नेपाली एकता समाजको अध्यक्ष।

२०५१ सालमा क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलन (रिम) को नेपालको तर्फबाट दक्षिण एसिया सदस्य।

२०५३ सालमा अखिल भारत नेपाली एकता समाजको पुनः केन्द्रीय अध्यक्ष।

२०५७ सालमा नेकपा (माओवादी) को केन्द्रीय सदस्य।

२०६० सालमा नेकपा (माओवादी) भेरी कर्णाली व्यूरोअन्तर्गत जाजरकोट, सुर्खेत र डोल्पा इन्चार्ज।

२०६३ असारमा नेकपा (माओवादी) कास्की जिल्ला इन्चार्ज।

२०६४ पछि विभिन्न समयमा पार्टीका तत्कालीन नेवा तथा ताम्सालिङ राज्य समितिको सचिव र सह-इन्चार्ज।

२०७४ असारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य तथा बागमती प्रदेशको अध्यक्ष।

२०७७ सालमा नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेश अध्यक्ष। 

२०७८ मंसिरमा सम्पन्न नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनबाट स्थायी समिति सदस्य तथा बागमती प्रदेशको सह-इन्चार्ज।

संसदीय यात्रा

२०६३ – अन्तरिम व्यवस्थापिकासंसद सदस्य

२०६४-२०६९ संविधान सभा सदस्य। चितवन क्षेत्र नं. ३ बाट निर्वाचित

२०७८ चैत २५ गते राष्ट्रिय सभा सदस्य (राष्ट्रपतिबाट मनोनित)

२०८० फागुन २९ गते राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली