Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रदिप ज्ञवालीको व्यंग्य- द्वन्द्वले रोल्पालाई सुनैसुनको घर दियो

२०८०, २९ फाल्गुन मंगलवार ११:४८

फागुन २९, रोल्पा। नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले द्वन्द्वले के दियो भनेर समीक्षा गर्न रोल्पाली जनतालाई सुझाएका छन् । 

एमाले रोल्पाको सातौँ जिल्ला अधिवेशनको उद्घाटन गर्न लिबाङ पुगेका ज्ञवालीले दश बर्ष चलेको द्वन्द्वले विकास गर्‍यो कि बिनाश गर्‍यो भन्दै गम्भीर समीक्षा गर्न रोल्पालीलाई सुझाएका हुन् । ´दश बर्षसम्म चलेको द्वन्द्वले क्रान्ती सफल गरेन ।` उपमहासचिव ज्ञवालीले भने-´जनताको अवस्था फेरिएन । नेताको मात्रै जीवन स्तर उकासियो ।` 


उनले क्रान्तीको सपना देखाएर जनतालाई ढाँटिएको भन्दै रोल्पाली जनता भ्रममा पर्न नहुने बताए । सुन तस्करीको प्रसङ्ग कोट्याउँदै उपमहासचिव ज्ञवालीले द्वन्द्वबाट स्थापित भएका नेता र उनका छोराहरू सुन तस्करीमा जोडिनु यहाँका जनताका सपनामाथि कुठाराघात भएको टिप्पणी गरे । ´दश बर्ष द्वन्द्व के नेता र नेताका छोराले सुन  तस्करीको लाइन मिलाउन थियो,` उनले भने-´ द्वन्द्वले रोल्पालाई के दियो भन्दा सुनैसुनका घर दियो भनेर ब्यंग्य गर्नेबेला आयो । यो बिडम्बना हो ।`

एमाले सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले अहिलेको गठबन्धन विदेशीको इशारामा नभएको बताइन् । काग्रेस-माओवादी गठबन्धनले मुलुक चौपट भएकाले देशको सम्बृदिका लागि एमाले र माओवादीको गठबन्धन बनेको बताइन् । 

केहीबेरमा सुरू हुने बन्द सत्रले एमाले रोल्पाको नयाँ जिल्ला कमिटी चयन गर्नेछ । अध्यक्षका लागि अमृत घर्ती,घनश्याम आचार्य,शान्तकुमार वली र रोशन वलीले दाबेदारी प्रस्तुत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली