2026-07-09 07:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

१० करोडमा बनेको भारतीय एउटा फिल्मले चुपचाप कमायो १०९ करोड

चैत ६, मुम्बइ | भारतमा सिनेमाको कुरा गर्ने हो मुख्य कुरा फिल्मले बक्स अफिसमा १०० करोड कमायो कि कमाएन भनेर हेरिन्उँछ । 

धेरै पटक कुनै फिल्म १०० करोड कमाएर पनि फ्लपको श्रेणीमा पर्छ किनभने यसको बजेट धेरै हुन्छ। यसै वर्ष रिलिज भएको ऋतिक रोशन र दीपिका पादुकोणको फिल्म ‘फाइटर’ यसको ठूलो उदाहरण हो, जसको बजेट २०० करोड रुपैयाँ रहेको बताइएको छ । 

तर एउटा मलयालम फिल्म ‘प्रेमालु’ चर्चामा छ । मात्र १० करोडको बजेटमा बनेको यो फिल्मले विश्वभर १०९ करोड कमाएको छ ।


मिडिया रिपोर्टमा भनिएको छ कि यो सन् २०२४ को अहिलेसम्मको सबैभन्दा ठूलो ब्लकबस्टर हो । फिल्मका सबै पात्र युवा कलाकारले नै निर्वाह गरेका छन् । करिब एक महिना अघि रिलिज भएको ‘प्रेमालु’ सर्वाधिक कमाउने मलयालम फिल्मको सूचीमा पाँचौं स्थानमा पुगेको छ ।

प्रेमलुका निर्देशक गिरीश एडी हुन् । फिल्ममा नास्लेन के. गफुर, ममिता बैजु, संगीत प्रताप, श्याम मोहन एम, मीनाक्षी रविन्द्रन, अखिला भार्गवन र अल्ताफ सलीम जस्ता कलाकारहरूले काम गरेका छन्। विक्रम र पुष्पा जस्ता चलचित्र निर्माण गरेका फहद फासिलले चलचित्र निर्माण गरेका हुन् ।

यो फिल्म पहिलो पटक मलयालममा रिलिज भएको थियो। प्रतिक्रिया राम्रो आए पछि निर्माताले तेलुगु भाषामा पनि रिलिज गरेका छन् । इन्डस्ट्री ट्र्याकर सक्निल्कको रिपोर्ट अनुसार प्रेमलुको बजेट करिब १० करोड रुपैयाँ रहेको छ । फिल्मले विश्वभर १०९ करोड कमाएको छ । भारतमा सबै भाषामा फिल्मको कलेक्सन ५७.९७ करोड रहेको छ ।

यो फिल्म छिट्टै ओटीटीमा रिलिज हुँदैछ । रिपोर्टका अनुसार यो फिल्म डिज्नी हटस्टारमा रिलिज हुन लागेको हो । यद्यपी यस सम्बन्धमा अहिलेसम्म आधिकारिक जानकारी आएको छैन । हिन्दी सिनेमा प्रेमलुको नाम धेरैले सुनेका छैनन् तर यो फिल्मले दक्षिणमा चमत्कार गरेको छ, जसले मलयालम फिल्म उद्योगलाई नयाँ ऊर्जा दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो